नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको आयोजना तथा गण्डकी प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील कलाकार समूहको सहकार्यमा शनिवारबाट पोखरा आर्ट ग्यालरीमा सुरु भएको ‘मूर्तिकला प्रशिक्षण कार्यक्रम’ शुक्रवार (२०८१ असार ७ गते) सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ रहनुभएको थियो । प्रशिक्षणपश्चात् कलाकारहरूले सिर्जना गर्नुभएका मूर्तिकलाको अवलोकन कलाकार, पत्रकार, कलाअनुरागी तथा विभिन्न विद्यालयका विद्यार्थीहरूले गर्नुभएको थियो ।
कार्यशालामा झवीन्द्र गुरुङ, रिक गुरुङ, दलबहादुर गुरुङ, शिव सिर्पाली, एसकुमार श्रेष्ठ, देवेन्द्र गुरुङ, जित गुरुङ, गोपाल दराई, आकाश गुरुङ, सुदिन श्रेष्ठ, बाबुराम बस्ताकोटी, पर्वतमान राई, वामन चालिसे, निसान थापा मगर, भूषण राजभण्डारी, हेमकान्ति गुरुङ, सञ्जिता घिमिरे, कृपा श्रेष्ठलगायतका कलाकारको सहभागिता रहेको थियो ।