नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा बालबालिकासम्बन्धी सूचना सामग्री प्रमाणीकरण चिन्ह (प्रतीक चिन्ह) निर्माणका लागि आयोजित खुला प्रतियोगिताका सर्वोत्कृष्ट कलाकारलाई सोमबार (२०८० फागुन १४ गते) पुरस्कृत गरियो । प्रतियोगितामा राजन काफ्लेले निर्माण गर्नुभएको प्रतीक चिन्हलाई सर्वाेत्कृष्ट घोषणा गरियो । उहाँलाई सम्मान पत्रका साथै नगद रु. २०,०००/– बाट पुरस्कृत गरिएको थियो । समारोहमा प्रतियोगितामा सहभागी अन्य कलाकारहरुलाई समेत प्रशंसा–पत्र प्रदान गरिएको थियो । प्रतियोगितमा आदेशराज शर्मा, भुषण राजभण्डारी, दिपा गुरुङ, इन्द्र श्रेष्ठ, कपिल रोकया, खिमराज श्रेष्ठ, निश्चल पराजुली, प्रतिभा खड्का, राजन काफ्ले, रोजिन नापित र सुयोग काफ्ले गरी ११ जना कलाकारको सहभागिता जनाउनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञसभा सदस्य बासुदेव श्रेष्ठ, प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी, राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बानियाँ, सदस्य सचिव इन्द्रादेवी ढकाल, बोर्ड सदस्य भीमलाल गुरुङ, परियोजना संयोजक केशव चालिसेका साथै प्रतियोगितामा सहभागी कलाकारलगायतको उपस्थिति रहेको थियो ।
![](https://nafanepal.org/wp-content/uploads/2024/02/429661631_3238179726487726_790445995457087842_n.jpg)
![](https://nafanepal.org/wp-content/uploads/2024/02/429804103_3238180069821025_321771636554164354_n.jpg)