नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा मङ्गलवार (२०८१ मङ्सिर १८ गते) बङ्गलादेशी कलाकार शिमुल शाहसँग ललितकला संवाद कार्यक्रम सम्पन्न भएको छ । कला विषयमा एम.एफ.ए. गरी विभिन्न देशमा एकल कला प्रदर्शनी गरिसक्नुभएका कलाकार शाहले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत आफ्नो कला, कलायात्रा तथा यसका विविध आयाम तथा पक्षलाई प्रस्तुत गर्नुभएको थियो ।