नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार (२०८१ पुस ३ गते )नेवाः लोककला कार्यशाला सम्पन्न भएको छ । उक्त अवसरमा नेवाः संस्कृतिविद् गणेशराम लाछीसँग अन्तरसंवाद कार्यक्रमसमेत भएको थियो । सो सन्दर्भमा लाछीले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत यःमरि र यसमा भएको नेवाः लोककलाका विविध आयाम र पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यःमरिलाई नेपालको महत्त्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गर्नुभयो । नेवारी सांस्कृतिक कला जीवनदर्शनसँग पनि जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोककलामा यःमरिलाई मूर्तिकलाका रूपमा लिन सकिन्छ । यसका बारेमा थप खोज तथा अनुसन्धान गरिनु जरुरी छ ।’
कार्यक्रममा प्रतिष्ठानमा उपकुलपति लालकाजी लामाले नेवाः कलाले नेपाली संस्कृतिलाई समृद्ध तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले रैथाने कलाभित्रका संस्कृतिलाई प्रचार–प्रसार गर्न र ललितकलासँग जोडी पुस्तान्तरण गर्ने अभियानका क्रममा यस कार्यक्रमको आयोजना गरिएको धारणा राख्नुभयो ।
लोककला विभाग प्रमुख प्रदिप अधिकारीले नेवाः समुदाय लोकसंस्कृति, लोकपरम्परा तथा लोककलामा धनी रहेको बताउनुभयो । उहाँले यस समुदायले आफ्नो सांस्कृतिक विरासतलाई आत्मसाथ गर्दै हालसम्म जोगाएको संस्कृतिको विषय महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको पिँढीमा हाम्रो मौलिक लोकसंस्कृतिको चेतना तथा अपनत्वको भाव शून्यप्रायःरहेको अवस्थामा आजकोे कार्यक्रम लोकसंस्कृतिको संरक्षण तथा विकासमा प्रभावकारी हुने छ भन्ने विश्वास लिएको छु ।’
कार्यक्रम संयोजक मनरा प्रजापतिले नेवार समाजमा प्रत्यक्ष रूपमा अमूर्त संस्कृति देख्न सकिने बताउनुभयो । उहाँले यस्ता कला पहिचान मात्र नभएर आममानिसको चासोको विषय पनि बनेका कारण यो कार्यक्रम विशेष महत्त्वको भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, प्राज्ञ एस.सी सुमन, लेखक विक्रममणि त्रिपाठी, कलाकारहरू रिना महर्जन, मन गुरुङ, सरिता चित्रकार, श्रीलङ्काका कलाकार प्रा.डा. मनोरञ्जन, दिपना शर्मा, सम्झना राजभण्डारीलगायतको उपस्थित रहेको थियो भने कार्यशालमा जुलुमलाल चित्रकार, संगी श्रेष्ठ, मेरिना चित्रकार, मनरा प्रजापति,. दीपमाला मर्हजन, मुना श्रेष्ठ, विदुर पौडेल, आयुष सुनार, सिकेन्दर चौधरी, मानसी भट्ट, प्रलिशा श्रेष्ठ, मीना महर्जन, विणा महर्जन, लक्ष्मी श्रेष्ठ, अनामिका गौतम, जेनी घले, सुनिल शाक्य, निरूपम जयसवाल, सरिता चित्रकार, सिकेन्दर चौधरीलगायतको सहभागिता रहेको थियो ।