नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिका कैलालीको संयुक्त आयोजनामा दुर्गौलीमा शनिवारबाट सुरु भएको ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ मङ्गलवार (२०८१ भदौ ११ गते) सम्पन्न भएको छ । कार्यक्रममा जानकी गाउँपालिका प्रमुख गणेश चौधरीले थारू लोककलालाई अब राष्ट्रिय गतिविधिसँगै आम्दानीको स्रोतका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिष्ठानले आयोजना गर्ने प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीमा पालिकाका कलाले सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले संस्कृतिको संरक्षणका सन्दर्भमा यो जीवन्त कार्यक्रम भएको बताउनुभयो । ‘नयाँपुस्तालाई लोकसंस्कृतिसँग प्रत्यक्ष जोड्न सक्नु यस कार्यक्रमको उपलब्धि हो । कार्यशालामा सहभागी सबैलाई प्रादेशिक प्रदर्शनीमा समेत भाग लिन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । संस्कृतिविद् तथा साहित्यकार डा. कृष्णराज सर्वहारीले अस्टिम्की कला र पर्वमा बनाइने कलाका बारेमा चर्चा गर्नुभएको थियो । थारू संस्कृतिविद् तथा रेडियोकर्मी एकराज चौधरीले थारू संस्कृतिका बारेमा उठेका जिज्ञासाका बारेमा जबाफ दिनुभएको थियो ।
विष्णुप्रसाद चौधरी प्रशिक्षक रहनुभएको कार्यशालामा २२ जनाले सहभागिता जनाएका थिए । समापन समारोहमा उत्कृष्ट (जुना चौधरी प्रथम, सङ्गीता चौधरी÷विनिता चौधरी द्वितीय, सम्झना चौधरी तृतीय र चन्द्रलाल चौधरी चौथो) लाई नगदसहित सम्मान तथा सहभागीलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो । समारोहमा जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार चौधरी, वडा नं १ का अध्यक्ष सुरेशकुमार चौधरी, वडा नं ४ का अध्यक्ष दीपेन्द्रकुमार कठरिया, वडा नं ७ का अध्यक्ष कमल महतो, टीकापुर क्याम्पसका एसोसिएट प्रोफेसर नाथुराम चौधरी, जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, कार्यपालिका सदस्यहरू पार्वतीदेवी डङ्गौरा थारू, पवित्रा विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।