नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा मङ्गलवार (२०८२ वैशाख ०९ गते ) इटालियन कलाकार फ्रान्सेस्का वियोन्डीको ‘टुवार्डस् द इस्ट’ कला प्रदर्शनी तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा वियोन्डीले सन् २०१८ मार्चदेखि सन् २०२० जनवरीका बिच एसिया महादेशका विभिन्न देशहरूको भ्रमणका क्रममा सिर्जना गरेका मुहारचित्रहरूका साथै मार्को पोलोका कथामा आधारित दृष्टान्त चित्रहरू राखिएका थिए ।
सो प्रदर्शनीकै अवधिमा वियोन्डीले आफ्नो कलायात्रा, कलाकृति तथा नेपालको कलाबारे आफ्नो दृष्टिकोण राख्नुभएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो,सन्जय बान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य प्रदीप शाक्य, प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेलगायतको उपस्थिति रहेको थियो ।