वर्तमान साहित्य प्रतिष्ठान, भद्रपुरको आयोजना र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहआयोजनामा शनिवार (२०८१ माघ २६ गते) स्रष्टा इन्द्रबहादुर राईको ९८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘चित्रमा अभिनय’ कार्यक्रम सम्पन्न भएको छ । वर्तमान सहित्य प्रतिष्ठान, भद्रपुरका अध्यक्ष डिल्ली रमण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख प्राज्ञ संजय बान्तावाको प्रमुख आतिथ्य रहेको थियो । कृष्ण अनमोलले अभिनयको निर्देशन गर्नुभएको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, प्राज्ञ हरिप्रसाद पौडेल एवं साहित्यकार, सङ्गीतकार, गायकलगायतको उपस्थिति रहेको थियो ।