नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूहको संयोजनमा आइतबार (२०८१ फागुन ४ गते)बाट गण्डकी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ । प्रदर्शनी फागुन ८ गतेसम्म चल्ने छ । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।