नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूहको संयोजनमा फागुन ४ गतेदेखि ८ गतेसम्म हुन गइरहेको गण्डकी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का लागि मङ्गलवार (२०८१ माघ १५ गते) १० सदस्यीय मूल आयोजक समिति तथा विभिन्न समिति, उपसमिति गठन गरिएको छ । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगंगा दर्शनधारीका अध्यक्षतामा बसेको भेलाले यससँगै सल्लाहकार समिति, व्यवस्थापन समिति, प्रचार–प्रसार उप–समिति, डिस्प्ले उप–समिति, स्वयंसेवक, अतिथि सत्कार उपसमिति, सङ्घसंस्था समन्वय उपसमितिसमेत गठन गरेको छ ।
