नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा ड्रिम देवदहको आयोजनामा २५६८ औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा वैशाख २८ र २९ गते ‘क्यानभासमा ऐतिहासिक देवदह’ चित्रकला कार्यशाला सम्पन्न (२०८१ वैशाख २९ गते) भएको छ । कार्यशालाको उद्घाटन लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारी तथा समापन प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले गर्नुभएको थियो । कार्यशालामा प्राज्ञ यामबहादुर थापा, गोविन्द चौधरी कलाकारहरू एचबी रम्तेल, दिलीप रसाली, विष्णु सुवेदी, मन गोल्डी, सुमित्रा राना सुतपराई, चन्द्रबहादुर खड्का, प्रितम थापामगर, बिनाकुमारी सापकोटा, बेनप्रसाद थापा, खेम घिमिरे, विवेक खनाल, डोलप्रसाद आले, भीम श्रेष्ठ, विसन गुरुङ, सुग्रिम हरिजन, रिक्की नेपाली, अजय नेपाली, अमर क्षेत्री, सागर नेपाली, घनश्याम थापा, गङ्गाधर आचार्य, पुरन चौधरीलगायतका २४ जना कलाकारले देवदहको विविध पक्ष झल्काउने कलाकृति सिर्जना गर्नुभएको थियो ।