२०८१ साउन ११ गते । ‘काठमाडौँ ट्रिएनाले’ का बारेमा शुक्रवार नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कको निवासमा छलफल गरिएको थियो । उक्त छलफलमा राजदूत भोल्कले ट्रिएनालेलाई भव्य रूपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, संजय वान्तवालगायतको सहभागिता रहेको उक्त कार्यक्रममा काठमाडौँ ट्रिएनालेका संस्थापक अध्यक्ष सङ्गीता थापा, काठमाडौँ ट्रिएनाले २०२६ का आर्टिस्टिक डिरेक्टर सुजन चित्रकार, प्रा. न्याटली किङले ‘काठमाडौँ ट्रिएनाले’ का बारेमा विस्तृतमा जानकारी गराउनुभएको थियो भने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ट्रिएनालेलाई सहयोग गर्ने प्रतिबद्धतासहित सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
(तस्बिरः सिद्धार्थ आर्ट फाउन्डेसन)