गोधूलि कला साहित्य प्रतिष्ठानको आयोजनामा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, दक्षिणकाली नगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायतको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवर्धनमा फागुन १६ र १७ गते आयोजना गरिएको कला, साहित्य र पर्यटनको सङ्गम ‘काठमाडौँ उत्सव’ २०८१ सम्पन्न भएको छ । यस उत्सवको सिलसिलामा शनिवार (२०८१ फागुन १७ गते ) प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ‘प्राज्ञ, प्रतिष्ठान र परिस्थिति’ विषयक सत्रमा वक्तका रूपमा सहभागिता जनाउनुभयो । राजकुमार बानियाँले सहजीकरण गर्नुभएको उक्त सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा (प्रगति) पनि वक्ता रहनुभएको थियो । महोत्सवमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले चित्रकला प्रदर्शनीसमेत गरेको थियो ।