‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सोमवार (२०८२ जेठ २६ गते ) ‘कविता वाचन कार्यक्रम’ सम्पन्न भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली सभाध्यक्ष रहनुभएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् तथा प्राज्ञसभा सदस्यहरूको सहभागिता रहेको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कविता वाचन गरेर सुरु गर्नुभएको कार्यक्रममा डा. रामप्रसाद ज्ञवाली, डा.विन्दु शर्मा, धीरेन्द्र प्रेमर्षि, स्नेह सायमी, अभय श्रेष्ठ, रूपक अलङ्कार, स्वप्निल स्मृति, चन्द्र रानाहँछा, लक्ष्मी रुम्बा, हिरा राना, प्रज्जवल अधिकारी, प्रतिमा चौधरी, रेजिना खालिङ, तीर्थराज भट्ट, टङ्कराज सुनुवारले कवितावाचन गर्नुभएको थियो । कार्यक्रमको धन्यवाद ज्ञापनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले समेत कविता वाचन गर्नुभएको थियो ।
अन्त्यमा, समारोहमा सहभागी कविहरूले ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को समेत अवलोकन गर्नुभएको थियो ।