नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रवार (२०८२ असार १३ गते )बाट काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा महानगरअन्तर्गतका ४६ विद्यालयमा सञ्चालित शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्कल्प्चर’ मोड्युलको तालिम/कार्यक्रममा विद्यार्थीहरूलाई प्रशिक्षण दिने प्रशिक्षक र सहायक प्रशिक्षकद्वारा सिर्जित कलाकृतिको ‘एकता’ प्रदर्शनी सुरु भएको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै शिक्षा र कलालाई सँगसँगै जोडेर लैजान जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षामार्फत सिर्जनशील व्यक्ति/व्यक्तित्व र समाज निर्माणमा कलाको भूमिका विशिष्ट रहने धारणा व्यक्त गर्नुभयो । हार्तम्छालीले भन्नुभयो, ‘सामाजिक रूपान्तरणमा कलाकारको भूमिका विशेष हुने भएकाले यस किसिमका प्रदर्शनीमार्फत नेपाली समाजको वस्तुस्थितिलाई चिनाउनु आजको आवश्यकता छ ।’
प्रदर्शनीमा काठमाडौँ महानगरअन्तर्गतका पशुपति मित्र स्रोत केन्द्र मा.वि, श्रम राष्ट्रिय मा.वि, वाल व्यसायी केन्द्र मा.वि, शिवपुरी मा.वि, शान्ति विद्यागृह मा.वि, बाँसवारी मा.वि, महेन्द्र राष्ट्रिय मा.वि, धूम्रबराह मा.वि, टङ्गाल मा.वि, नन्दी मा.वि, पद्मोदय मा.वि, शहिदशुक्र मा.वि, पद्मकन्या मा.वि, विजय स्मारक मा.वि, भानु मा.वि, संस्कृत बौद्घ मा.वि, रत्नराज्य मा.वि, महेन्द्रबौद्ध मा.वि, नव जागृति मा.वि, जनकल्याण मा.वि, ज्ञानोदय मा.वि, जनप्रभात मा.वि, नीलबाराही मा.वि, कुलेश्वर मा.वि, जनविकास मा.वि, जनपथ मा.वि, शान्ति निकुञ्ज मा.वि, नेपाल आदर्श मा.वि, बाल सेवा मा.वि, विश्व निकेतन मा.वि, गुहेश्वरी बाल शिक्षा मा.वि, सरस्वती निकेतन मा.वि, कन्या मन्दिर मा.वि, शान्ति शिक्षा मन्दिर मा.वि, गीतामाता मा.वि, शारदा मा.वि, भीमसेनगोला मा.वि, शितला मा.वि, सिद्धिगणेश मा.वि, तरुण मा.वि, जुद्धोदय मा.वि, नेपाल युवक मा.वि, जनजागृति ज्ञान रश्मि मा.वि, सिद्धेश्वर मा.वि, कोटेश्वर सरस्वती मा.विमा प्रशिक्षक तथा सहायक प्रशिक्षक रहनुभएका कलाकारहरू केशवराज खनाल, जया शर्मा, रिता मानन्धर, मुना भडेल, मनरा प्रजापति, प्रद्युम्न श्रेष्ठ, यशस चन्द्र अर्याल, लीलाधार के.सी, विनोदकुमार गुप्ता, भीम सुब्बा तामाङ (बाबु साइला), ध्रुवराज शर्मा, लक्ष्मी मास्के (पुनम), उमा खड्का, विनोद लिम्बु, किशोर नकर्मी, दीपक कुवँर, सुदन थापा मगर, करिमा जोशी, कान्छाकाजी भासिमा, रोनिसा श्रेष्ठ, आशिष थापा, सानुराज डंगोल, भुफान लिम्बु, चन्द्रा श्रेष्ठ, न्हुजः श्रेष्ठ, अश्मा राई, उजेम मानन्धर, श्रेया दुवाल, सुजनवीर बज्राचार्य, सुस्मिता मिजार, चित्र मगर, सिकन्द्रर चौधरी, इन्केश घर्ती, संघमित्रा बज्राचार्य, अग्रिम राई, सुजिता चौधरी, उषिना महर्जन, दीपा खनाल, सुयोग महर्जन, जेनी घले, प्रितम थापा, झर्ना राई, रोजन खड्का, रविन्द्र खनियाँ, रीति महर्जन, करुणा श्रेष्ठ, सरिना लामिछाने, सुस्मिता मोक्तान, सरला नकर्मी, प्रतिभा चौधरी, सरद दर्शनधारी, सुरज श्रेष्ठ, आशा माया लामा, कमला खड्का, सुशीला मोक्तान, रितु थापा, रतिना बज्राचार्य, दीपक आउजी, कार्मा टासी गुरुङ, गंगा वस्ती, रोजेन मुनिकार, टेकबहादुर केप्छाकी मगर, सुमित्रा बराल, पूजा महर्जन, रोहित महर्जन, लक्ष्मीप्रसाद खोटेजा, सर्जु कपाली, जुनु तामाङ्, मीना महर्जन, मनिषा डङ्गोललगायतका कलाकृति राखिएको छ । प्रदर्शनी २० गतेसम्म चल्ने छ ।