(सूचना प्रकाशित मितिः २०८३ मङ्सिर ४ गते)
नेपालका युवा कलाकारहरूलाई आफ्नो सिर्जनात्मक अभ्यासमा निर्बाध रूपमा केन्द्रित हुन आवश्यक कार्यस्थल, प्राविधिक सहयोग, कला सामग्री तथा आफ्ना सिर्जना सार्वजनिक गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा २०८३ भदौ २९ गते प्रकाशित खुला आह्वानबमोजिम छनोट समितिमार्फत ‘NAFA Studio Fellowship 2083’ का लागि ६ जना युवा कलाकार छनोट हुनुभएको छ ।
छनोट हुनुभएका कलाकारहरू:
1. Amisha KC
2. Amisha Maharjan
3. Anush Khaiju
4. Kumari Sita Malla
5. Moulik Limbu
6. Sudha Paudel
छनोटमा पर्नुभएका कलाकारहरूप्रति हार्दिक बधाई व्यक्त गर्दै प्रतिष्ठान उहाँहरूलाई यस फेलोसिपको भरपुर सदुपयोग गर्दै नेपाली ललितकलाको सर्वाङ्गीण विकासका लागि आफ्नो सिप, क्षमता र सिर्जनात्मकतालाई अझ परिस्कृत गर्दै अघि बढ्न हार्दिक अनुरोध गर्दछ।
