नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित बृहत पुस्तक प्रदर्शनीमा सहभागिता जनाएको थियो । प्रदर्शनीमा नाफाबाट प्रकाशित कला, कलाकार, कला इतिहास र अनुसन्धानसम्बन्धी प्रकाशनहरू राखिएको थियो । पुस्तक प्रदर्शनी २०८३ असोज ९ गतेबाट सुरु भई २०८३ असोज १८ गतेसम्म चलेको थियो ।