हिमालको बदलिँदो भविष्य, जोखिम र हाम्रो सामूहिक जिम्मेवारीबारे ‘हिमाल बोल्दै छ के हामी सुनिरहेका छौँ ?’संवाद कार्यक्रम मङ्गलवार (२०८३ असोज २० गते) नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । कार्यक्रममा ICIMOD का पूर्व रणनीतिक सहकार्य निर्देशक वसन्तराज श्रेष्ठले जलवायु परिवर्तनले नेपालका हिमालहरूमा पारेको प्रभाव, यसले निम्त्याउने समस्या र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउनुभएको थियो ।