नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिर्जना कलेज अफ फाइन आर्टस्को संयुक्त आयोजनामा बुधवार (२०८३ वैशाख २ गते) बाट जापानी कलाकार Tsuneyo Kaneda को प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको नेपालका लागि जापानी राजदूतावासका Deputy Chief of Mission, Mr. Yasuharu SHINTO ले उद्घाटन गर्नुभयो । नेपाल र जापानको कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको सन्दर्भपारेर आयोजना गरिएको प्रदर्शनी वैशाख ७ गतेसम्म चल्ने छ ।

