नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार (२०८३ बैशाख २ गते )‘ललितकला दिवस तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पूर्व कुलपति किरण मानन्धर, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य डा. धनप्रसाद सुवेदीलगायतले आफ्नो धारणा राख्दै ललितकला दिवसको ऐतिहासिक पृष्ठभूमि तथा महत्त्वका बारेमा चर्चा गर्नुका साथै नयाँ वर्ष २०८३ को शुभकामना प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, प्राज्ञसभा सदस्य, पूर्व पदाधिकारीहरू, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।