नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको सहकार्यमा शनिवार (२०८२ चैत ७ गते) ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८३’ का लागि ‘ब्यानर लेखन प्रतियोगिता’ सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभएको प्रतियोगितामा प्रथम विश्वेश्वर चौधरी, द्वितीय रामकृष्ण चौधरी, तृतीय किशोरकुमार चौधरी हुनुभयो । उहाँहरूलाई प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसालले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि क्रमशः १० हजार, ७ हजार र ५ हजार र प्रमाणपत्र रहेको थियो । प्रतियोगितामा हरिकिशन चौधरी, विश्वेश्वर चौधरी, राजेन्द्रप्रसाद चौधरी, अरुण महतो, प्रपप चिहान, चक्रबहादुर बिक, वेदीलाल चौधरी, कालिन्द्र चौधरी, घनश्याम चौधरी, अन्दीलाल सरदार, रामकृष्ण चौधरी, उमेश साह, अर्जुन देशार, रमेशकुमार चौधरी, किशोरकुमार चौधरी, सन्तोष बिसी, सिताराम उप्रेती, शारदा मानन्धर, अनिलकुमार यादव, विनोदकुमार पण्डितलगायतका कलाकारको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन प्रतिष्ठानका प्राज्ञ चन्द्रकुमार राईले गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठान र नेपाल कमर्सियल आर्टिस्ट सङ्घका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।