नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा मङ्गलवार (२०८२ फागुन १२ गते ) ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ सम्पन्न भएको छ । सम्मेलनको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रादेशिक प्रदर्शनीबाट सहभागिता, प्रचार–प्रसार नीतिनिर्माण तहमा पहुँच बढाएको बताउँदै ललितकलासम्बन्धी वैचारिक बहस गरिन आवश्यक रहेको बताउनुभयो । उहाँले बागमती प्रादेशिक ललितकला प्रदर्शनीअन्तर्गत भएको सम्मेलनमा आएका जिज्ञासा र प्रश्नहरू अनुसन्धान तथा विश्लेषण र अभिलेखीकरण गरी भावी कार्ययोजना तय गरिने कुरा उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति एवं बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले बागमती प्रादेशिक ललितकला प्रदर्शनीको सन्दर्भ पारेर ललितकला क्षेत्रका नीतिगत, संरचनागत, तथा कार्यक्रमगत विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले ललितकलाक्षेत्रको समग्र उत्थान, विकास र उन्नयनका लागि मार्गनिर्देश गर्न सम्मेलनले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कलाकार स्रष्टा मात्रै नभई आफैमा द्रस्टा पनि भएको हुँदा सर्जक मोरल ल मेकर पनि भएको बताउनुभयो । उहाँले कलाकार यो युगको मस्तिष्क निमार्णकर्ता तथा सभ्यता, संस्कृति जगाउने पुँजी भएकाले कलाको पुनर्जागरणको अभियानमा जोडिन सबै कला सरोकारीहरूमा आग्रह गर्नुभयो ।
बागमती प्रदेशका पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोखरेल बागमती प्रदेश सरकारले संस्कृतिका क्षेत्रमा गरेका कार्यहरूसँगै अन्तक्र्रिया कार्यक्रममा उठान भएका प्रश्नहरूको जबाफ दिनुभएको थियो । उहाँले कलाले देशको परिचय जोगाउने काम गरिरहेको बताउँदै कलाका विषयमा बागमती प्रदेश सरकारको प्रतिष्ठानसँग भावी समयमा पनि सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ‘ललितकला र यसको महŒव’, ललितकला क्याम्पस भोटाहिटीका प्रमुख डा. यामप्रसाद शर्माले बागमती प्रादेशिक ललितकला प्रदर्शनीसम्बन्धी प्रस्तुुति र लेखक अजय शर्माले ‘कलामा एआई सङ्कट कि अवसर’ विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा आर्टुडियोका संस्थापक कैलाश श्रेष्ठ, आइडिया नेपालका अध्यक्ष श्यामबहादुर श्रेष्ठ , नेपाल व्यावसायिक कलाकार सङ्घ उपाध्यक्ष रुद्रसिंह ठकुरी, बागमती प्रदेश हस्तकला सङ्घका महासचिव मनमोहन सिंह मल्ल, स्ववियु ललितकला क्याम्पसका अध्यक्ष आशिष पौडेल, शनिवारीय चित्रकलाका सचिव दिवेशमान सिंह प्रधान, बिन्दु स्पेस फर आर्टिस्ट संस्थापक पृथ्वी श्रेष्ठ, स्टोन क्राफ्ट एसोसियसन अफ नेपाल अध्यक्ष चन्द्रश्याम डङ्गोल, नेपाल हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङ, एनिमेसन र भिएफएक्स एसोसियसन अफ नेपालका अध्यक्ष विक्रम मानन्धर, नेपाल हस्तकला कालीगढ सङ्घका सचिव गोमाकुमारी लामा, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका केन्द्रीय सचिव सन्तोष बिसी, सोफाज नेपालका अध्यक्ष केशवराज खनाल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं आरम्भ समसामयिक मूर्तिकार समूहका उपाध्यक्ष नरेन्द्रप्रसाद भण्डारीलगायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले आफ्नो धारणा राख्नुभएको थियो । साथै कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरू झिग्मे लामा, लालमान लामा, आरम्भ समसामयिक मूर्तिकार समूहका अध्यक्ष सुदर्शनविक्रम राणा, कलाकार सुनिता राणा, लिलाधर केसी, सम्झना राजभण्डारी, सुस्मिता कुँवर, गोरवरत्न बज्राचार्य तुलाधर, राज प्रधान, प्रकाश श्रेष्ठ, जीवन लामा, विक्रम तामाङसँगै पत्रकार, कलासमीक्षकलगायतको सहभागिता रहेको थियो । फागुन ८ गतेदेखि सुरु भएको प्रदर्शनी/सम्मेलनको कला प्रवर्धक नेपाल पर्यटन बोर्ड रहेको थियो ।
