कला प्रवर्धन विभागले नेपाली ललितकलाको विकास, विस्तार र प्रवद्र्धनका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दछ । यस विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू, दातृ संस्था र कूटनीतिक नियोगहरूसँग समन्वय गर्दै कला क्षेत्रको उन्नयनमा योगदान पु¥याउँछ । यस विभागले प्रतिष्ठानका भौतिक सम्पत्तिहरूको प्रभावकारी उपयोग गर्दै संस्थागत विकास र कला प्रवद्र्धनका गतिविधिहरू सञ्चालन गर्दछ । साथै, राष्ट्रिय ललितकला सङ्ग्रहालयलाई राष्ट्रिय गौरवको रूपमा स्थापित गरी अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालयका रूपमा विकास गर्ने, कलासम्बन्धी पुस्तक तथा पत्रिका प्रकाशन, कलाकृतिको सङ्कलन, प्रदर्शनी र बिक्री वितरणमार्फत कलाकारहरूलाई प्रोत्साहन गर्ने कार्य गर्दछ । कार्यशाला, प्रदर्शनी, मेला, महोत्सव तथा अन्य सिर्जनात्मक कार्यक्रमहरूमार्फत देश–विदेशमा नेपाली ललितकलाको प्रचार–प्रसार गर्नु यस विभागको मुख्य उद्देश्य हो ।
