नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा बिन्दु स्पेस फर आर्टिस्टको आयोजनामा सोमवार (२०८२ मङ्सिर ८ गते) बाट प्रतिष्ठानमा ‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल २०२५’ सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भावभङ्गिमा कलालाई परम्परागत सीमाभन्दा पर रहेको समाजसँग प्रत्यक्ष संवाद स्थापित गर्ने जीवन्त माध्यमका रूपमा वर्णन गर्दै यसले विचार, संवाद र अन्तर–सांस्कृतिक चेतनालाई गहिरो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुुभयो ।
प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले यस फेस्टिभलमा सहभागी कलाकार तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममालाई निरन्तरता दिने बताउनुभयो ।
बिन्दु स्पेस फर आर्टिस्टका निर्देशक पृथ्वी श्रेष्ठले कलाकारहरूलाई स्वागत गर्दै संस्थाले विगतमा गरेको कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।
फेस्टिभलमा नेपालका मनीषलाल श्रेष्ठ, सरिता डङ्गोल, पृथ्वी श्रेष्ठ, सौरगंगा दर्शनधारी, मुना भडेल, अनिल सुब्बा, धु्रवराज शर्मा, रायन राजभण्डारी, सामना राई, समिर रनपहेली, सुविस्त कायस्थ, Austria का Ursula Maria Probst & Raashish India, Bangladesh का Farah Naz Moon, Brazil का Eduardo Cardoso Amato, China का Li Zineng, India का Satadru Sovan Banduri, Dr Anand Jaiswal, Nitesh Kumar Kushwaha, Philippines का Nicolas Aca Jr, Singapore का Jeremy Hiah Buang Hoe र Sri Lanka का Priyanthi Anush ले सहभागिता जनाउनु हुने छ । फेस्टिभलअन्तर्गत मङ्सिर ९, १० र ११ गते पर्फर्मेन्स हुने छ । फेस्टिभल मङ्सिर १२ गते सकिने छ ।

