नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मैथिली विकास कोष र लहान नगरपालिका वडा नं १५ को सहकार्य तथा थारु कलाकार समाज नेपाल, काठमाडौँ र नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, सिरहा लहानको आयोजनामा सोमवार (२०८२ मङ्सिर ८ गते) ‘थारु तथा मिथिला लोककला कार्यशाला’ सम्पन्न भएको छ ।