Scroll
Award Photo

शुभकामना

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सदा वर्ष जस्तै यस वर्ष राष्ट्रिय ललितकला प्रदर्शनी –२०७९ प्रदर्शनीलाई भब्य, सभ्य र सालिन रुपमा सु–सम्पन्न गर्नका निमित्त नेपाली कलाकारहरुका आफ्ना सृजनाहरुलाई समयअनुकुल परिमार्जन तथा परिस्कृत गर्दै नयाँनयाँ विधा र माध्यमका कलाकृतिहरुलाई एउटै स्थानमा संग्रहगरी प्रदर्शनी गर्दै आएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्दै आएका कार्यक्रमहरु मध्ये वार्षिक रुपमा एउटा पर्व जस्तै मनाउँदै आएको एक महत्वपूर्ण कार्यक्रम राष्ट्रिय ललितकला प्रदर्शनीलाई लिइएको छ ।
यसै सन्दर्भमा लोककला विभागले मानिसभित्रको भावनात्मक सीपहरुलाई ठोस रुपमा अभिव्यक्त गर्ने गरेको छ । समयको गतिसँगै आज लोककलाको माध्यमबाट आफ्नो जातिय सीप, कला, कौशल, संस्कार, संस्कृति तथा ऐतिहासिक स्वरुप हेर्न पाएका छन् । हिजो आज नेपाली लोककला अन्र्तराष्ट्रिय बजारमा पनि आफ्नो मौलिकता कायम गर्दै वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको कुरा, सुन्न र देख्न पाईन्छ । जसले गर्दा नेपाली लोककला र कलाकारलाई अन्र्तराष्ट्रिय रुपमा परिचित हुने अवसर मिल्दै गएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोककला विभागले आफ्नो उद्धेश्य पुरा गर्ने बाटोमा पाईलाहरु अगाडि बढाईरहेको छ । देशमा कला विकासको लागि उपत्यका देखि, उपत्यका बाहिरका विभिन्न स्थानहरुमा पुगेर कार्यशाला, गोष्ठी, अन्र्तक्रिया र प्रदर्शनीहरु गरिरहेको छ । हाम्रो नेपाली लोककलाले विश्व कला जगतमा आफ्नो छुट्टै पहिचान बनाएको छ । नेपाली लोककला मार्फत देशलाई समृद्ध पार्ने र सम्पूर्ण नेपालीहरुलाई के गर्न सकिन्छ, भनी अध्ययन अनुसन्धान सहित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । आगामी दिनहरुमा सोही दिशामा अगाडि बढ्न कटिबद्ध रहने छ । यसका साथै लोककलालाई राष्ट्रको मूलधारमा संरक्षण, प्रर्वद्धन, प्रचार प्रसार र विकास गर्नका निमित्त लोकमा भएका कला, संस्कृति, संस्कार परम्परालाई राष्ट्रिय कलासँग समाहित गर्न अझैपनि सकिनरहेको परिप्रेक्ष्यमा यस प्रदर्शनीले पक्कै पनि समेटेर लाने छ भन्ने कुरामा म आशावादी रहेकी छु ।
अन्त्यमा, यस राष्ट्रिय कला प्रदर्शनी सफल बनाउन देशका विभिन्न ठाँऊबाट आफ्ना बहुमुल्य कलाकृतिहरु उपलब्ध गराएर सहभागि हुनुहुने सम्पूर्ण कलाकारहरु, छनौट तथा निर्णयक समिति सदस्यहरु, पत्रकारहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा र उत्कृष्ट कलाकृतिको लागि पुरस्कारबाट सम्मानित हुनुभएका सबै कलाकारहरुलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोककला विभाग तथा मेरो व्यक्तिगत तर्फबाट नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नेपाली कला र कलाकारको उत्तरोत्तर प्रगतिको कामना गर्दछु !!!

प्राज्ञ मिथिला देवी
प्राज्ञपरिषद् सदस्य तथा
लोककला विभाग प्रमुख
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

Awards

National Fine Art Award

लाेखादुवाः(हिन्दु/बुद्धिष्ट)

Ram Prakash Shrestha

  • Address : Kathmandu
  • Province : Bagmati Pradesh
  • Contact : 9841211558
  • DOB : 2039-11-22 B.S.

लाेखादुवाः(हिन्दु/बुद्धिष्ट)
  • Category : Folk Art
  • Size : 244cmx312cm
  • Medium : Poster Color
  • Price : 5,50,000

Special Award

ग्रामिण जीवन

Neha Kumari Das

  • Address : Mahottari
  • Province : Madhesh Pradesh
  • Contact : 9804663322
  • DOB : 2060-12-4 BS B.S.
  • Education : +2

ग्रामिण जीवन
  • Category : Folk Art
  • Size : 92cmx122cm
  • Medium : Mixed
  • Price : 30,000

Special Award

महिला सशक्तिकरण

Sarita Devi Mandal

  • Address : Dhanusha
  • Province : Madhesh Pradesh
  • Contact : 9808747113
  • DOB : 2043-02-03 B.S.
  • Email : [email protected]
  • Education : SLC

महिला सशक्तिकरण
  • Category : Folk Art
  • Size : 92cmx123cm
  • Medium : Acrylic Color
  • Price : 30,000