Best Wishes/Messages

Scroll

सम्माननीय उपराष्ट्रपतिज्यूकाे शुभकामना

Best Wishes From the Honorable Vice President

सम्माननीय प्रधानमन्त्रीज्यूकाे शुभकामना

Besh Wishes From the Honorable Prime Minister

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूकाे शुभकामना

Bestr Wishes From the Ministry of Culture, Tourism and Civil Aviation Minister

कुलपतिज्यूकाे सन्देश

Best Wishes From Chancellor

नेपाली कला क्षेत्रको सर्वाङ्गीण विकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशका विभिन्न क्षेत्रमा रहेका संघसंस्था र ललितकलाकर्मीहरुसँग सम्पर्क र समन्वय गरीे नेपाली कलाको विकास एवम् विस्तारमा दत्तचित्त भएर कार्य गर्दै आइरहेको सर्वविदितै छ । विभिन्न राष्ट्रिय तथा प्रदेशस्तरका हस्तकला, लोककला, चित्रकला, मूर्तिकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाका विविध कार्यशाला, प्रदर्शनी, गोष्ठी, अन्तत्र्रिmयात्मक कार्यक्रमहरुले नेपाललाई ललितकलाको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नै धनी एवम् समृद्घ राष्ट्रको रुपमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको हामीले महसुस गरेका छौं । देशका कुनाकाप्चा र विकट क्षेत्रमा छरिएर रहेका विभिन्न विधाका प्रतिभावान् सिर्जनशील कलाकारहरुका कलाकृतिहरुको प्रदर्शनीबाट कलाकारहरुलाई हौसला एवम् प्रोत्साहन प्राप्त हुने हुनाले राष्ट्रिय ललितकला प्रदर्शनीको ठूलो महत्व रहँदै आएको छ ।
कलाकारहरुका निमित्त उचित पूर्वाधार निर्माण गरी उनीहरुको प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा प्रतिष्ठानले प्रत्येक वर्ष राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गर्दै आइरहको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कहर केही हदसम्म निराकरण भएतापनि त्यसको सन्त्रास अmभैmसम्म पनि हामी माझ रहिरहेकै छ । विभिन्न प्रतिकूल अवस्थाको सामना गर्दै हामीले यस राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ लाई भव्यताका साथ सु–सम्पन्न गर्न धेरै अगाडिदेखि नै गृहकार्य गर्दै आइरहेका थियौं र हाम्रो प्रयासलाई सबै कलाप्रेमी, कलाअनुरागी, कलामर्मज्ञ तथा अन्य सम्पूर्ण महानुभावहरुले महसुस गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । देशमा अन्तर्राष्ट्रियस्तरका कलाप्रदर्शनीहरु गर्नका लागि एउटा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्षको अभाव खड्किरहेको अवस्थामा हामीले एउटा अत्याधुनिक प्रदर्शनी कक्ष निर्माणका लागि सम्बन्धित् मन्त्रालय एवम् निकायहरुसँग समन्यव गरी आवश्यक प्रकृया अगाडि बढाइरहेको जानकारी समेत म सम्पूर्ण कलाकर्मीहरुलाई यस प्रदर्शनी मार्फत जानकारी गराउन चाहन्छु ।
अन्त्यमा, राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९मा सम्मानित वरिष्ठ कलाकारहरु, विभिन्न पुरस्कारद्वारा पुरस्कृत कलाकर्मीहरु, कला लेखक र पत्रकारका साथै सम्पूर्ण सहभागीहरुलाई हार्दिक बधाई एवम् धन्यवाद दिन चाहन्छु । यहाँहरुबाट प्राप्त हौसला, प्रेरणा र सहयोगलाई हरहमेसा आत्मसात् गर्दै प्रज्ञा–प्रतिष्ठानबाट भविष्यमा थप प्रभावकारी कार्यक्रमहरुको आयोजना गर्दै जाने प्रतिबद्घता समेत व्यक्त गर्न चाहन्छु ।

 

 

 

 

 

के.के.कर्माचार्य
कुलपति/संयाेजक
मूल आयोजक समिति
राष्ट्रिय ललितकला प्रदर्शनी –२०७९

उपकुलपतिज्यूकाे सन्देश

Message from Vice-Chancellor

नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानको सबैभन्दा महत्वपूर्ण कार्यक्रम अन्तरगत पर्ने राष्ट्रियकला प्रदर्शनी फेरी एकपटक हाम्रो माझ आईपुगेको छ । २०७९ को बैशाख महिनामा प्रदर्शनी हुने यो राष्ट्रियकला प्रदर्शनी हाम्रो कार्यकालको अन्तिम कला प्रदर्शनी पनि हो । विगत ३ पटकको कला प्रदर्शनीमा संयोजन गर्दा मैले कलाकृतिको गुणस्तर सुधार गर्नुपर्ने समय—समयमा देशका विभिन्न प्रदेशहरुमा कला प्रतियोगिता तथा प्रदर्शनी गनुपर्ने आवश्यकता महसुस गरेको छु । राष्ट्रियकला प्रदर्शनीको गरिमा र स्तर वृद्विका लागि कठोर छनौट प्रकृयाको आवश्यकता पनि रहेको महसुस भएको छ । कला प्रदर्शनीमा देशका प्रायः सबैक्षेत्रलाई ओगट्न पर्ने प्रतिष्ठानको बाध्यता भएका कारण उपलव्ध भएका केही स्तर नपुगेका कलाकृतिहरलाई पुरस्कृत गर्नुपर्ने पनि बाध्यता भएको छ । आगामी दिनमा राष्ट्रियकलाको स्तर उन्नती गर्नको लागि प्रज्ञा—प्रतिष्ठानले सातवटै प्रदेशमा कला प्रदर्शनीको आयोजना गरि स्थानियरुपमा पुरस्कृत कलाकृतिहरुलाई मात्र राष्ट्रिय कलामा स्थान दिएको खण्डमा राष्ट्रिय कलाको स्तर र प्रतिष्ठा बढ्नेछ भन्ने मलाई लाग्दछ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय रुपमा सञ्चालन गर्दै आइरहेको यो एक मात्र राष्ट्रिय कलामा विजयी कलाकारहरु तथा विभिन्न कला विधामा सम्मान स्वरुप छनौट गरिएका कलाकारहरुलाई प्रदान गर्ने रकमहरुमा पनि कमि भएबाट कला प्रतियोगिता तथा प्रदर्शनीमा कलाकारहरुको सहभागितामा कमि आएको महसुस गरेको छु । अतः नेपाल सरकारले राष्ट्रको गरिमा स्वरुप रहेको यो कला प्रदर्शनी सञ्चालन गर्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ष्ठानको लागि विनियोजन गर्दै आएको वार्षिक वजेटमा पनि उल्लेख्य रुपमा वृद्घि गर्नुपर्ने आवश्यकता देख्दछु । यथास्थीतीमा प्रतिष्ठान संचालन गर्ने हो भने नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान आफ्नो इज्जत र गरिमा विस्तारै गुमाउदै जानेछ भन्ने डर पनि छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०७९ को राष्ट्रिय कलाको काम थालनीका वखत कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण एकपटक फेरी विश्वलाई नै चिन्तित बनायो । सो कारणले गर्दा यसपाली धेरै कलाकारहरुले सहभागिता जनाउन नसक्नु अर्को कारण हो । विभिन्न समस्याहरुको वावजुद पनि हामीले यो कला प्रदर्शनीलाई निरन्तरता दिएका छौं । धेरै प्रकारले यो कला प्रदर्शनीलाई भव्य एवम् प्रभावशाली बनाउन सकिन्थ्यो जुन आर्थिक अभावले सम्भव भएन । यी समस्याहरुका बावजुद पनि हाम्रो यो कला प्रदर्शनीलाई कलाकारहरुको सहयोग मिलेको छ । हामी सम्पूर्ण कलाकार तथा प्रदर्शनी सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा आभारी छौं । कला प्रदर्शनीको लागि कलाकृतिहरुको मूल्याङ्कन गरिदिनु भएकोमा सबै मूल्याङ्कन समितिका सदस्यत तथा निर्णायक मण्डलका कलाकारहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
अन्त्यमा सबै सहभागी कलाकारहरुलाई यस प्रदर्शनीमा भाग लिइदिनुभएकोमा धन्यवाद दिँदै विजयी कलाकारहरुलाई बधाई दिन चाहन्छु ।

 

 

 

 

 

गाेपाल चित्रकार
उपकुलपति/संयाेजक
कार्यकारी समिति
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

सदस्य–सचिवकाे सन्देश

Message from Memember Secretary

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ को आयोजना गर्न सकेकोमा प्रदर्शनी आयोजना गर्न आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुहुने सबै प्रति आभार प्रकट गर्दछु । विगत वर्षहरुमा बाहिर हल भाडा लिई आयोजना गर्दै आएको यो प्रदर्शनी गत वर्ष देखि प्रतिष्ठानका आफ्नै संरचनाहरुमा प्रतिष्ठान परिसरमै प्रदर्शनी आयोजना गर्न सकिएकोमा खुसी व्यक्त गर्दछु । कोभिड–१९ को प्रभाव घट्दै गएको भएपनि पूर्ण रुपमा घटी नसकेको अवस्थामा पनि यस प्रदर्शनीमा भाग लिई प्रज्ञा–प्रतिष्ठानलाई सहयोग पु¥याउनुहुने देशभरिका कलाकर्मीहरुप्रति कृतज्ञता व्यक्त गर्दै उहाँहरु सबैलाई हार्दिक बधाई दिन चाहान्छु । हाम्रा कलाकर्मीहरुको उत्साह र उमङ्गबाट प्रज्ञा–प्रष्ठिानलाई प्रदर्शनी आयोजना गर्न सहज मात्र होईन कि नेपाली कला क्षेत्रमा “सुखी नेपाली समृद्ध नेपाल” को अवधारणालाई मूर्तरुप दिन समेत सहयोग पु¥याएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तविक शक्ति नै मुलुकभर रहेका सिर्जनशील कलाकर्मीहरुनै हुन् । कलाकर्मीहरुको यही सृजनशीलताले नै प्रज्ञा–प्रतिष्ठानको यो कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न मद्दत पु¥याएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीको सफलता कलाकर्मीहरुको साथ र सहयोगको ज्वलन्त उदाहरण हो ।
यस प्रज्ञा–प्रतिष्ठानको कला गतिविधिलाई गाउँ–गाउँमा पु¥याउने लक्ष्य कलाकर्मीहरुकै सहयोगमा पुरा हुन सक्दछ । गाउँ गाउँमा कला प्रदर्शनी आयोजना होस् र कला गतिविधि बढोस् भन्ने प्रज्ञा–प्रष्ठिानको चाहना रहेको छ । विभिन्न जातजातिको संस्कृति र कलाले परिपूर्ण प्रत्येक नेपाली गाउँ–घरमा कला गतिविधि बढाउन सकियो भने गाउँ – गाउँमा रहेको कला र कलाकर्मीहरुले संरक्षण र विकासको अवसर पाउने कुरामा दूईमत छैन । गाउँ–गाउँमा कलाकर्मीहरुले कला सिर्जनामा देखाएको उत्साहले राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न मद्दत पुगेको कुरामा दुई मत छैन ।
यस प्रज्ञा–प्रष्ठिानद्वारा आयोजित कला प्रदर्शनीमा नेपालका वरिष्ठ कलाकर्मीहरुले सहभागी हुन त्यती रुचि नदेखाउने गरेको क्रम यस प्रदर्शनीमा पनि भङ्ग हुन नसकेको विषय दुःखको विषय भएको छ । रा.ल.प्र.मा वरिष्ठ कलाकारहरुको सहभागिता न्यून हुँदै गएको अवस्थाले नेपाली कला क्षेत्रमा पूर्वाग्रहको झल्को दिने स्थिति बन्दै आएको छ । यस प्रज्ञा–प्रतिष्ठानले नेपालका सबै कलाकर्मीहरुलाई आ–आफ्नो कलाकौशल प्रदर्शन गर्न प्रत्येक वर्ष राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गरी देशका सबै कलाकर्मीहरुलाई सहभागी हुन आह्वानका साथ प्रत्येक कलाकर्मीहरुलाई सिर्जनात्मक क्षमता प्रदर्शन गर्न सक्ने अवसर प्रदान गर्दै आएको छ । यति मात्र होईन कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने कलाकर्मीहरुलाई राष्ट्रिय सम्मान प्रदान गर्ने तथा प्रदर्शनीमा आएका कलाकृतिको मुल्याङ्कन गरी कलाकर्मीहरुलाई राष्ट्रिय र प्रादेशिक पुरस्कार प्रदान गर्ने जस्ता कार्य प्रज्ञा–प्रतिष्ठानले गर्दै आएको छ । तर वरिष्ठ कलाकर्मीहरुका घट्दो सहभागिता स्वभाविक जस्तो लाग्दैन र उहाँहरुले त्यसो गर्नुमा कुनै कारण पनि देखिँदैन । यस प्रकारको परिस्थितिको विकासले वरिष्ठ कलाकर्मीहरु स्वयंको कलायात्रामा हानी पुगिरहेको छ भन्ने कुरामा कुनै विवाद छैन ।
नवोदित युवा कलाकर्मीहरुले राष्ट्रिय कला प्रदर्शनीमा भाग लिन देखाएको उत्साह र बढ्दो सक्रियताले नेपाली कला क्षेत्रको उज्ज्वल भविष्य सुनिश्चित छ भन्ने देखाएको छ । प्र.प्र.ले आयोजना गरेको प्रत्येक राष्ट्रिय ललितकला प्रदर्शनी युवा कलाकर्मीहरुको मुख्य कला महोत्सव जस्तो हुँदै आईरहेको छ । युवा कलाकर्मीहरुले राष्ट्रिय ललितकला प्रदर्शनी प्रति देखाएको आस्था र उमङ्गबाट प्र.प्र.नेपाली कलाको भविष्यप्रति विश्वस्त छ ।
अहिलेसम्मको हाम्रो अनुभवमा रा.ल.प्र.बाट कलाकृतिहरु बिक्रि भएको घटना एकदमै कम छ । नेपालमा कला प्रदर्शनीबाट कलाकृति किन्ने संस्कार अझै विकसित हुन सकेको छैन । धन हुनेको कलाप्रति मन नहुनु दुःखको कुरा हो । त्यसमाथि नेपाल सरकारको नेपाली कला क्षेत्रलाई अनुत्पादक क्षेत्र मान्ने धारणमा परिवर्तन नआएकोले नेपाली कलाकर्मीहरु त्यसको मारमा परेका छन् । यस प्रदर्शनीमा प्रदर्शित कलाकृतिहरुको गुणस्तर राम्रो भएपनि व्रmेताहरुको ध्यान आकर्षित हुन भने नसक्नुलाई विडम्बना नै मान्नुपर्छ ।
आधुनिकताको नाममा युरोपेली आधुनिक कलाको नक्कल गर्ने क्रममा कमी आएको देखिएको छ । हातमा सीप नहुनेले कलाको नाममा गर्ने अकर्मण्य कार्य कला क्षेत्रले भोगेको विगतको इतिहासले स्पस्ट पारेको छ । अब, नेपाली कला क्षेत्रमा स्थायी अस्तित्व स्थापित गर्न कलाकर्मीहरुले मौलिक कलाको सिर्जना नगरेसम्म विश्वस्तरमा हुने कला सिर्जना प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा नेपाली कलाकर्मीहरु पुग्न सक्ने छैनन् । यसैले कलाकारहरु यथार्थवादी कला सिर्जनामा दत्तचित्त भएर लाग्न यस प्रदर्शनीले आम नेपाली कलाकर्मीहरुलाई प्रेरणा दिने छ भन्ने मैले विश्वास लिएको छु ।
प्रस्तुत प्रतियोगितात्मक राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ का लागि प्राप्त भएका कलाकृतिहरुको छनौट र छनौटमा परेको कृतिहरुको सूक्ष्म अध्ययन गरी त्यसमा पाइएको सिर्जनात्मक गुणको आधारमा त्यसका स्रष्टालाई पुरस्कृत गरी सिर्जनात्मक कार्यको आधारमा कलाकर्मीलाई पुरस्कृत गर्ने कार्यलाई यस प्रदर्शनीमा पनि निरन्तरता दिएका छौँ । यो ललितकला प्रदर्शनी २०७९ मा सम्मानित वरिष्ठ कलाकारहरु, पुरस्कार विजेता कलाकर्मीहरु, कला लेखकहरु र पत्रकारहरुलाई हार्दिक बधाई र शुभकामना दिन चाहान्छु ।
अन्त्यमा, राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजनामा खटिनुभएका यस प्रज्ञा–प्रतिष्ठानका प्राज्ञज्यूहरु, छनौट र निर्णायक समितिमा बसी हामीलाई सहयोग गर्नुहुने विभिन्न विधाका वरिष्ठ कलाकारज्यूहरु, यस प्रतिष्ठानका कर्मचारीहरु र प्रज्ञा–प्रतिष्ठानको अनुरोधमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनुहुने सबै सहयोगी महानुभावहरुले गरेका मेहनतबाट कार्यक्रम सफल भएकोमा उहाँहरु सबैलाई बधाई र धन्यवाद दिन चाहान्छु ।

 

 

 

 

 

विपिनकुमार घिमिरे
सदस्य–सचिव
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान