राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ पनि भव्यताका साथ आयोजना हुँदैछ । सातै प्रदेशका कलाकारहरुको सहभागीताले राष्ट्रिय ललितकला प्रदर्शनीलाई भव्यता प्रदान गरेको छ ।
कला एक हृदयको स्पन्दन हो । कलाको पूजा हृदयदेखि नै हुन्छ र गर्नु पनि पर्दछ । साथै कला एक विश्वभाषा पनि हो । यथार्थमा कलालाई चक्षुबाट हृदयङ्गम गर्नुपर्दछ । अत ः जसले पनि कलालाई हृदयङ्गम गर्न सक्छन् ।
कलाका अनगिन्ती स्वरुपहरु छन् । हाम्रो वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागमा त थुप्रै कलाका स्वरुपहरु छन् । प्रदर्शनीमा सकेसम्मका विधाहरुलाई समेट्ने प्रयास गरिएको छ । ती विधाहरुलाई उठाउन समय–समयमा रिफ्रेसर कोर्स, वर्कसप आदि आयोजना पनि गर्ने गरिएको छ ।
विश्वव्यापी महामारीका रुपमा रहेको कोरोनाको त्रास अझसम्म पनि हाम्रो मनबाट हट्न सकेको छैन । तर केही खुकुलोको अनुभुति गर्न भने पाइएको छ । यस्तै सहजताका बीच हाम्रा कलाकारहरुले राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९लाई सफल बनाउन सहभागिता जनाउनु भएको छ । जति पनि प्राप्त कृति, सृजनाहरु छन् ती स्वयम्मा राम्रा छन् । भविष्यमा अझ स्तरीय कृति, सृजनाहरु प्राप्त हुनेछन् भन्ने आशा एवम् विश्वास गर्न सकिन्छ । तर त्यसका लागि एकेडेमीले समय–समयमा रिफ्रेसर कोर्स, वर्कसप र प्रदर्शनीहरु आयोजना गरिरहनु पर्दछ ।
नेपालमा कलाकारहरु प्रशस्त छन् । उनीहरु ग्ुणस्तरीय कला सृजना गर्न उन्मुख छन् र उनीहरु समय–समयमा रिफ्रेसर कोर्ष, वर्कसप, प्रतियोगितात्मक प्रदर्शनी, देशभित्र र बाहिर सहभागिताको अपेक्षा गर्दछन् । त्यसका लागि हामी प्रयासरत हुनु आवश्यक छ ।
अन्त्यमा, जति पनि कलाकारहरु पुरस्कृत हुनुभएको छ, उहाँहरु सबैलाई बधाई दिन चाहन्छु । भविष्यमा उहाँहरुबाट अझ राम्रा–राम्रा सृजनाहरु प्राप्त हुने छन् भन्ने आशा व्यक्त गर्दै मेरा शुभेच्छाका शब्दहरु अन्त्य गर्दछु ।
रमेशनाथ खनाल
प्राज्ञपरिषद् सदस्य
वास्तुकला तथा अन्य सिर्जनात्मककला विभाग
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान