

Sundar Sinkhwal
- Address : Bhaktapur
- Province : Bagmati Pradesh
- Contact : 9841916766
- DOB : 2025-05-12 B.S.
- Email : [email protected]
कुबेर
- Category : Traditional Painting
- Size : 53cmx64cm
- Medium : Poster Color
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली ललितकलाको संरक्षण, संवद्र्धन, विकास एवम् प्रवद्र्धन गरिँदै आएको कुरा सर्वविदितै छ । विगत वर्षमा झै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०७९ सालको राष्ट्रिय ललितलका प्रदर्शनीको आयोजना गरेको छ । यो प्रदर्शनीमा देशका सातै प्रदेशका विभिन्न विधाका कलाकारको सहभागिता रहेको छ । यो प्रदर्शनी देशको ललितकलाको क्षेत्रमा के–कति विकास भइरहेको छ त्यसको लेखाजोखा गर्ने एउटा अध्ययन थलोको रूपमा पनि यसलाई लिन सकिन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका विभिन्न विभाग मध्येको परम्परागत शिल्पकला विभाग पनि एउटा महत्वपूर्ण विभाग हो । यो विभागले परम्परागत पौभा÷थाङ्का चित्रकला र शिल्प कलाको विकास, संवद्र्धन, प्रचार प्रसार गर्ने र गराउने जस्ता कार्यहरू गर्दै आएको छ । परापूर्वकालदेखि सुरुवात् हुँदै आएको परम्परागत चित्रकला, धर्मशास्त्र, दर्शन, शास्त्रीय विधि विधानमा निर्देशित रही चित्र लेखन गरिन्छ । यस चित्रमा सिर्जनात्मक क्षमता प्रतिमा लक्षण, शिल्प र पूर्वीय दर्शनसम्बन्धी ज्ञान हुनुपर्ने आवश्यक मानिन्छ । यसरी सिर्जना गरिएका नेपाली पौभा÷थाङ्का चित्रलाई विश्व मौलिक कलाको क्षेत्रमा पूर्वीय दर्शनको रूपमा छुट्टै पहिचान बनेको छ । हाम्रो परम्रागत पौभा÷थाङ्का चित्रकला देश र विदेशका धेरै देशका कला सङ्ग्रहालयमा सङ्ग्रह रहेको हामी पाउँछौ । तर हाम्रो देशका जनसमुदायमा परम्परागत मौलिक शैलीका कलाकृति देख्न र परिचित हुन सकिरहेको छैन ।
यस्तो अवस्थामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत शिल्पकला विभागले विभिन्न देश विदेशका सङ्ग्रहालय, व्यक्तिसँग रहेका मास्टरपिस प्रिन्ट पेन्टिङ सङ्कलन गरी दिवङ्गत प्रसिद्ध अग्रज कलाकार र वर्तमानका चर्चित कलाकारको २०७६ सालदेखि देशव्यापी ‘शिल्पकला यात्रा’ नामक कला प्रदर्शनीको अभियान सञ्चालन गरेको थियो । देशका सातै प्रदेश प्रदेश १ को सुनसरी धरान, मधेस प्रदेशको धनुषा जनकपुरधाम, लुम्बिनी प्रदेशको बुटवल, गण्डकी प्रदेशको वालिङ स्याङ्जा, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर कैलालीमा परम्परागत चित्रकला प्रदर्शनी, गोष्ठी, प्रशिक्षण कार्यक्रम तीन वर्षभित्रमा सञ्चालन गरी २०७८ फागुन ५ गते बागमती प्रदेशमा प्रदर्शन गरी समापन गरिसकेको छ । साथै यस विभागले लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित पौभा÷थाङ्का चित्रकलामा जीवनयापन गरेका कर्मठ १२ कलाकारको जीवनी ‘जीवनवृत्त’ पुस्तक र लेखक ज्ञानेन्द्र विवशद्वारा लिखित ‘कलाकार सिद्धिमुनि शाक्य जीवन र कला’ नामक पुस्तक प्रकाशन गरिसकेको कुरा यहाँ अवगत गराउन पाउँदा धेरै खुसी लागेको छ ।
अन्त्यमा यस राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी सम्पूर्ण कलाकार र सहयोगीमा परम्परागत शिल्पकला विभाग र मेरो तर्फबाट धन्यवाद ज्ञापन गर्दछु । साथै २०७९ सालको नयाँ वर्षको शुभ अवसरमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछु । धन्यवाद !
प्राज्ञ बुद्धिबहादुर गुरुङ
प्राज्ञपरिषद् सदस्य तथा
प्रमुख– परम्परागत शिल्पकला विभाग
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान