

Amir Shakya
- Address : Lalitpur
- Province : Bagmati Pradesh
- Contact : 9841751010
- DOB : 2026-08-01 B.S.
- Email : [email protected]
- Status : NFS
सहस्रभूज लोकेश्वर (-) (+)
- Category : Handicraft
- Size : 52cmx66cm
- Medium : Mixed
- Price : NFS
नेपाल ललितकलाको क्षेत्रमा अत्यन्तै धनी राष्ट्र हो । नेपालको पहिचानको विषयमा कुरा गर्नुपर्दा सर्वप्रथम विश्वको उच्च शिखर सगरमाथा, एसियाका ज्योति गौतम बुद्ध, कलाले देशलाई अन्र्तराष्ट्रिय रुपमा चिनाउने राष्ट्रिय विभूति कलाकार अरनिको जन्मतिको देश भनेर चिनिन्छ । नेपाल बहुजातिय, बहुभाषिक एवं बहुसंस्कृतिक विविधताका कारण यहाँको परम्परागत हस्तकलामा पनि विविधता पाइन्छ । हरेक जातिको आफ्नै जातिय हस्तकला छन् । सामान्यतया मानिसको हातबाट बनाइएका वा सिर्जना गरिएका सामाग्रीहरुलाई हस्तकला भनिन्छ । त्यस्ता हस्तकलाका वस्तुहरु सुन्दर र मनमोहक हुनुका साथै व्यक्ति सीप र कला विद्यमान हुने हुँदा तिनको संग्रह पनि गरिन्छ । विश्वमा कतिपय स्थानहरुमा मानव सभ्यताको विकाससँगै तिनले सिर्जना गरेका हस्तकलाका सामाग्रीहरुको अवशेषहरुको प्रमाण उत्खननको क्रममा भेटिन्छन् । ढुङ्गे युगदेखि वर्तमान समयको २१ औं शताब्दी पार गर्दासम्म मानव जातिले हस्तकला क्षेत्रमा निकै चरमसीमामा उन्नती गरिसकेको देखिन्छ । जस्मा चित्रकला , काष्ठकला, प्रस्तरकला, धातुकला, मूर्तिकला लगायत अन्य व्यवसायिक हस्तकला सामाग्रीहरु पर्दछन् । जब कृषि व्यवसायको विकास हुन थाल्यो तब माटो खन्ने फलाम तथा काठका औजारहरु निमार्ण हुनुमा पनि हस्तकलाको देन मान्न सकिन्छ ।
देशको विभिन्न स्थानमा छरिएर रहेका विभिन्न विधाका कलाकृतिहरु एउटै छानामुनी प्रदर्शन गरी कलाको विकास गर्ने उद्देश्यले यस प्रतिष्ठानले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको राष्ट्रिय ललितकला प्रदर्शनीमा सुरुवातदेखिनै हस्तकला विधाको महत्वपूर्ण भूमिका रहदैँ आएको छ । जसमा हस्तकला विधामा पनि देशका विभिन्न क्षेत्रबाट कलाकृतिहरु दर्ता भएका छन् । आधुनिकिकरणसंगै हस्तकला विधाको क्षेत्रमा पनि विस्तार भएको देख्न सकिन्छ । परम्परागत सीप एवं शैलीलाई मात्र हस्तकलाको रुपमा लिइने हाम्रो चलनमा हाल विदेशी सीप एवं शैलीहरुको प्रयोगबाट पनि हस्तकला सामाग्रीहरु निर्माण गर्न र त्यसमा आफ्नो कलाकारिता विकास गर्न सकिन्छ भन्ने कुरालाई हाल हस्तकलामा भएको आधुनिक विकासले पुष्टी गर्दछ ।
विश्वव्यापिकरण र विश्वबजारिकरणको सिद्धान्तलाई आत्मासात गर्दै खस्कदो नेपाली हस्तकलाको अवस्थालाई सुदृढ बनाउन आजको प्रतिस्पर्धात्मक युगमा नेपाली हस्तकलाको अवस्थालाई सुदृढ बनाउन नेपाल सरकार समक्ष नेपाली हस्तकलामा अनुदान, कच्चा पदार्थ आयात गर्दा भन्सार छुट र विदेशबाट आयात हुने हस्तकलाहरुमा भन्सार बढाउनु पर्ने पक्षमा यस प्रतिष्ठानले पहल गर्दै नेपाली हस्तकलालाई विश्व बजारमा प्रतिस्प्रधा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । नेपाल सरकार समक्ष नेपाली हस्तकलामा अनुदान, कच्चा पदार्थ आयात गर्दा भन्सार छुट र विदेशबाट आयात हुने हस्तकलाहरुमा भन्सार बढाउनु पर्ने पक्षमा यस प्रतिष्ठानले पहल गर्दै नेपाली हस्तकलालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
अन्त्यमा, यस राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरु, अमूल्य कलाकृति उपलब्ध गराई दिनुहुने सम्पूर्ण सहभागी कलाकारहरु तथा कार्यक्रम व्यवस्थापनमा अहोरात्र खतिनुभएका कर्मचारी साथीहरुलाई पनि हृदयदेखि धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल भएकोमा खशी व्यक्त गर्दछु । कलाकृति छनौट गरी दिने छनौट समिति सदस्य, कलाकृति मूल्यांकन गरी निर्णय गरिदिनु हुने निर्णायक समितिका सदस्यहरुलाई धन्यवाद र पुरस्कृत कलाकारहरुलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभाग र मेरो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
प्राज्ञ धर्मराज शाक्य
प्राज्ञपरिषद् सदस्य तथा
प्रमुख हस्तकला विभाग
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान