नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
Nepal Academy of Fine Arts
“राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ सम्बन्धी जरुरी सूचना”
प्रथम पटक सूचना प्रकाशित मितिः २०७५/१०/९
यस प्रतिष्ठानद्वारा २०७६ साल जेष्ठ २ गते आयोजना गरिने “राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६” (NATIONAL FINE ARTS EXHIBITION-2019)मा सहभागी हुन नेपालभरीका ललितकलाकर्मीहरुलाई यो सूचना प्रकाशित भएको एक महिनाभित्र प्रतिष्ठानको कार्यालय नक्सालमा कलाकृतिहरू बुझाउन हार्दिक आह्वान गरिन्छ । यो सूचना प्रतिष्ठानको वेवसाइट www.nafanepal.org मा पनि हेर्न सकिनेछ ।

प्रदर्शनीसम्बन्धी नियमहरु ः
१) प्रतियोगिता तथा प्रदर्शनीका लागि सहभागी गराइने कलाकृतिहरु दुई वर्षभित्र रचना गरिएको, मौलिक हुनुका साथै कुनै पनि
राष्ट्रिय स्तरको प्रदर्शनीमा समावेश नभएको हुनुपर्नेछ ।
२) कलाकृतिहरुको माध्यम विविध रहन सक्नेछन् ।
३) सहभागी हुने कलाकारको उमेर अठार वर्षभन्दा माथि र नेपाली नागरिक हुनुपर्नेछ ।
४) कलाकारले कलाकृतिहरु बढीमा दुई थान मात्र बुझाउन सक्नेछन् ।
५) प्रदर्शनीका लागि प्राप्त कलाकृति सहभागी गराउने / नगराउने सम्पूर्ण अधिकार छनौट समितिमा निहित रहनेछ ।
६) प्रदर्शनीमा सहभागी भएका कलाकृतिहरु प्रदर्शनी सकिएको एक हप्ताभित्र फिर्ता लानुपर्नेछ । तोकिएको समयभित्र फिर्ता
नलगी कलाकृति हराएमा, बिग्रिएमा वा कुनै हानी नोक्सानी भएमा प्रतिष्ठान जिम्मेवार हुनेछैन ।
७) सहभागी हुन चाहने कलाकारले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र १ थान रङ्गीन पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्नेछ ।
८) सहभागी गराइने चित्रको न्यूनतम आकार २ × २ र अधिकतम आकार ६ × ६ फिटसम्मको हुनुपर्नेछ । सो आकारभन्दा
घटी वा बढी भएमा कलाकृतिहरु दर्ता गरिने छैन ।
९) सहभागी गराइने मूर्तिकलाको आकार स्ट्याण्ड वा प्याडेस्टलबाहेक १ फिटभन्दा माथिको हुनुपर्नेछ । मूर्तिकलाको हकमा सजिलै टुटफुट हुन सक्ने माध्यमका कृतिहरु समावेश गराइने छैन ।
१०) वास्तुकला (architecture) मौलिक र सोको सृजनात्मक मोडेल घटीमा २ × १.५ × १, बढीमा ६ ×४ × ३ फिट
सम्मको परिधिको आयतन (वेसमेन्टबाहेक) भित्र हुनुपर्नेछ र त्यसको हेण्ड ड्रईङ वा स्केच समेत पेश हुनुपर्ने छ ।
११) अन्य सृजनात्मक (वैकल्पिक) कला भन्नाले कार्टूनकला /पोष्टरकला ÷ डिजाइनिङ् , मुद्रण चित्रण, सृजनात्मक छविकला (art photography), सृजनात्मक छोटो भिडियोकला (short video art), प्रतिस्थापनकला (installation art) र भावभङ्गीमा कला (performance Art) भन्ने बुझ्नुपर्नेछ ।
क) छविकला÷मुद्रण चित्रण ः १ वर्ग फिटदेखि ३ वर्ग फिटसम्मको फ्रेमसहित हुनुपर्नेछ ।
ख) भिडियो आर्ट ः बढीमा २ वटा क्लिप्ससम्म अधिकतम ३ मिनेटको CD/DVD मा सम्पादन सहितको २ थान हुनुपर्नेछ ।
ग) प्रतिस्थापन कला ः बढीमा ३०० वर्गफिटमा प्रतिष्ठानद्वारा तोकिएको स्थानमा प्रदर्शनी सुरु हुनुभन्दा केही दिन अगाडि प्रतिस्थापन गरिसक्नुपर्नेछ । कलारचनाको दृश्य तीन/चार साइडको एक एक प्रति फोटो पेश गर्नु पर्नेछ ।
घ) भावभङ्गीमा कला ः(Perfermance Art)को हकमा भने बढीमा ५ मिनेटसम्मको video clip छनौटका लागि
उपलब्ध गराउनुपर्नेछ । भावभङ्गीमा कला प्रतिष्ठानले तोकेको स्थानमा प्रस्तुत गर्नुपर्नेछ ।
१२) सहभागी कलाकारहरुले दर्ता फाराममा उल्लेखित पूर्ण विवरणहरु भरेर मात्र आफ्ना कलाकृतिहरु बुझाउन सकिनेछ ।
१३) प्रतियोगितामा सहभागी हुन चाहने कलाकारले फाराम शुल्क वापत रू. १००/–(एक सय) बुझाउनु पर्नेछ ।
१४) पुरस्कार सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार पुरस्कार मूल्याङ्कन समितिको सिफारिसमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान,
प्राज्ञ परिषद्मा निहित रहनेछ ।
१५) भवितव्य परी कुनै पनि कलाकृतिहरुको हानि नोक्सानी हुन गएमा प्रतिष्ठान जवाफदेही हुनेछैन ।
१६) एक जना कलाकारले कुनै एक विधामा मात्र पुरस्कार प्राप्त गर्नेछ । तर सहभागिता भने कुनै दुई विधासम्ममा लिन सक्नेछ ।
१७) प्रदर्शनी सम्बन्धमा थप आवश्यक जानकारी लिन परेमा कार्यालय समयभित्र प्रतिष्ठानमा सम्पर्क राख्न सकिनेछ ।

पुरस्कृत कलाकृतिहरुका लागि निम्नबमोजिमको नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
¬
विधा राष्ट्रिय ललितकला पुरस्कार विशेष पुरस्कार
१. क.परम्परागत चित्रकला रू. ६०,०००/– एक जनालाई रू. २५,०००/–का दरले दुई जनालाई
ख.आधुनिक चित्रकला रू. ६०,०००/– एक जनालाई रू. २५,०००/–का दरले तीन जनालाई
२. क.परम्परागत मूर्तिकला रू. ६०,०००/– एक जनालाई रू. २५,०००/–का दरले दुई जनालाई
ख.आधुनिक मूर्तिकला रू. ६०,०००/– एक जनालाई रू. २५,०००/–का दरले दुई जनालाई
३. शिल्प तथा हस्तकला रू. ६०,०००/– एक जनालाई रू. २५,०००/–का दरले दुई जनालाई
४. लोककला रू. ६०,०००/– एक जनालाई रू. २५,०००/–का दरले दुई जनालाई
५. वास्तुकला रू. ६०,०००/– एक जनालाई रू. २५,०००/–का दरले एक जनालाई
६. अन्य सृजनात्मक तथा रू. ६०,०००/– एक जनालाई रू. २५,०००/–का दरले चार जनालाई
सृजनात्मक (वैकल्पिक) कला
राष्ट्रिय ललितकला लेखन पुरस्कार ः
ललितकला लेखन–अनुसन्धान र ललितकला सञ्चार माध्यमबाट रू. २५,०००/–का दरले दुई जनालाई ।

प्रादेशिक विशेष पुरस्कार ः
प्रत्येक प्रदेशबाट १/१ जना गरी ७ प्रदेशलाई रू. २५,०००/–का दरले ७ जनालाई ।
प्रादेशिक पुरस्कारको हकमा स्थानीय प्रदेश क्षेत्रमा क्रियाशील कलाकारहरु मात्र पुरस्कारका लागि योग्य हुनेछन् । साथमा आर्ट टल्क, डिमोन्स्ट्रेसन, पुस्तक प्रदर्शनी र ख्याति प्राप्त कलाकारसँग अन्तरकृया पनि आयोजना गरिनेछ ।
आयोजक ः
नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान, नक्साल, काठमाडौं ।
टेलिफोन ः४४११७२९÷४४११६४५ e-mail : [email protected]