नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा तेह्रथुमको म्याङलुङ नगरपालिकाको सहकार्यमा ‘रैथाने परम्परामा हस्तकला’ विषयक गोष्ठी शुक्रवार (२०८२ चैत २७ गते) भएको थियो । म्याङलुङ नगरपालिकाकामा भएको कार्यक्रमको प्रमुख अतिथि म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाम्फेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले गर्नुभएको थियो । कायक्र्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पालिकाका वडा नं १ का अध्यक्ष बुद्धिराम तामाङ, वडा नं ३ का अध्यक्ष मीननाथ दाहाल, वडा नं ६ का अध्यक्ष मीनप्रसाद बिक, सामाजिक अभियन्ता मित्र नेपाली, कार्यपालिका सदस्य प्रकाश रसाइलीलगायतको सहभागिता रहेको थियो ।