नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान शिल्पहस्तकला विभागको आयोजनामा आइतबार (२०८२ मङ्सिर २१ गते)बाट वीरेन्द्रनगर–९, पातलगंगाा, सुर्खेतमा थारु शिल्प–हस्तकला कार्यशाला सुरु भएको छ । प्रतिष्ठानको शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङको सभाध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञपरिषद् सदस्य एवं कर्णाली प्रदेश समन्वय समितिकाका संयोजक पाल्साङ्मो लामा, प्राज्ञसभा सदस्य निरीमाया लामा, कमर्सियल आर्टिस्ट सङ्घका कार्यवाहक अध्यक्ष सुभाष शाक्य र पातलगंगाा हस्तकला सामग्री उद्यमी समूह उद्योगका अध्यक्ष सपना चौधरीको विशेष आतिथ्य रहेको थियो । कार्यशाला मङ्सिर २३ गतेसम्म चल्ने छ ।
 
Developed by : Prosys Solution - © 2025 Nepal Academy of Fine Arts All Rights Reserved.