नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कैलालीको जानकी गाउँपालिकाको आयोजनामा आइतबार (२०८१ फाल्गुन ४ गते)बाट ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यक्रम २०८१’ सुरु भएको छ । प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदिप अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले गर्नुभएको थियो । २२ भन्दा बढी कलाकारले सहभागिता जनाउनुभएको कार्यक्रमको प्रशिक्षकका रूपमा विष्णुप्रसाद चौधरी र मित्थु थारू रहनुभएको छ । उद्घाटन कार्यक्रममा वक्ताहरूले थारू लोककला हबका विषयमा समेत चर्चा गर्नुभएको थियो । कार्यक्रम ७ दिनसम्म चल्ने छ ।
