नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट Nepali Artists नामक परिचय पुस्तक प्रकाशन भइसकेको छ । उक्त परिचय पुस्तकमा छुटेका कलाकारहरुको परिचय प्रकाशनका लागि दोस्रो संस्करण प्रकाशन गर्न लागेका छौं । निम्न मापदण्ड पुरा भएका नेपाली कलाकारहरु (लोककला, हस्तकला, परम्परागत मूर्तिकला तथा चित्रकला, वास्तुकला, आधुनिक चित्र तथा मूर्तिकला, प्रतिस्थापन कला, कार्टुन चित्रकला, फोटोग्राफी) लाई आ–आफ्नो बायोडाटा, हालसालै खिचेको पासपोर्ट साइजको फोटो र २ थान कलाकृतिको पोस्टकार्ड साइजको फोटोहरु अथवा डिजिटल फम्र्याटमा कम्तीमा ३०० रिजोलुसनसम्मको फोटोहरु यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र फारम डाउनलोड गरी, फारम भरी इमेल गर्न वा प्रतिष्ठानमा दर्ता गर्नुहुन हार्दिक आह्वान गरिन्छ ।
— स्वअध्ययन गरेका कलाकारहरुका हकमा निम्नानुसारको मापदण्ड तोकिएको छ ।

  • कम्तीमा दुई दशक देखि कलासाधना गरिरहेकोे हुनुपर्नेछ ।
  • राष्ट्रिय कला प्रदर्शनीमा कम्तिमा २ पटक भाग लिइसकेको वा एकल कला प्रदर्शनी गरिसकेको हुनु पर्नेछ ।

— औपचारिक शिक्षा लिएकाहरुको हकमा निम्नानुसार मापदण्ड तोकिएको छ ।

  • कम्तीमा BFA उत्तीर्ण गरेको वा दुई दशक देखि कला साधना गरिरहेको हुनुपर्नेछ ।
  • राष्ट्रिय कला प्रदर्शनीमा भाग लिइसकेको हुनुपर्नेछ ।
  • एकल कला प्रदर्शनी गरिसकेको हुनुपर्नेछ ।

 

फारम डाउनलोड गर्न तल दिईएको कुनै icon मा click गर्नु होला |

word-file    pdf-file