नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना गरिने राष्ट्रिय ललितकला प्रदर्शनी–२०७५ मा सहभागी हुन चाहने कलाकारहरुले यसअघि प्रकाशित सूचनाअनुसार मिति २०७४ चैत्र १५ गतेसम्म सहभागीताको नाम दर्ता गर्नुपर्नेमा विविध कारणवस यही २०७४ चैत्र २० गते मंगलबार भित्र कलाकृतिहरु दर्ता गर्नको लागि म्याद थप गरिएको बेहोरा अवगत गराउँदछौं ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिवार, नक्साल काठमाडौं ।