मित्रराष्ट्र चीनस्थित नेपाली राजदुतावासबाट हालसालै इमेलमा प्राप्त पत्रानुसार चीनमा हुने चित्रकला प्रदर्शनीमा नेपाली संस्कृति झल्कने थाङका लगायतका चित्रकला समावेश गर्ने उद्देश्यले चीनको बेइजिङ यान्जिङ एण्ड क्यालिग्राफी एजेन्सी कम्पनी लिमिटेडले आगामी २०–२५ डिसेम्बर २०१७ मा बेइजिङमा नेपाल र चीनका चित्रकला प्रदर्शनी गर्न चीनको प्रख्यात टेम्पल अफ हेभनभित्र ५ जना कलकारका ५÷५ वटा कृति प्रदर्शनीका लागि प्रदर्शनी स्थल र आतेजाते हवाईभाडाका साथै होटलका लागि लाग्ने खर्च बेहोरिदिने भएकोले सो प्रदर्शनीमा सहभागी हुन इन्छुक कलाकारहरुले मिति २०७४ मंसिर ११ गते, सोमबार दिनको १२ः०० बजेभित्र प्रतिष्ठानमा आइपुग्ने गरी कलाकारको बायोडाटा (सफ्टकपीमा समेत), तथा ५ थान कलाकृतिहरुको फोटोहरुसमेत संलग्न गरी पठाउनुहुन हार्दिक अनुरोध गर्दछु ।
नवराज भट्ट
सदस्य–सचिव
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ।
चीनबाट प्राप्त पत्र हेर्न यहाँ किलिक गर्नुहाेस्