नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी– २०७३ को समुद्घाटन कार्यक्रम मिति २०७३ वैशाख ८ गते बुधबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल आर्ट काउन्सिल बबरमहलमा सम्पन्न  भयो ।  विधाका हिसावले आधुनिक चित्रकलामा १४६, परम्परागत चित्रकलामा ४४, आधुनिक मूर्तिकलामा २५, परम्परागत मूर्तिकलामा २० हस्तकलामा ३४, लोककलामा ३३, वास्तुकलामा २ तथा अन्य सृजनात्मक कलामा ४८ गरी कुल ३३४ कलाकारका ३५२ वटा कलाकृतिहरु यस प्रदर्शनीमा प्रदर्शन गरिएका छन् । यी आठ वटा विधाहरुबाट १/१ जना गरि कुल ८ कृतिहरुलाई रु. ५१,००० र ताम्रपत्रसहित राष्ट्रिय ललितकला पुरस्कार, १७ वटा कृतिलाई रु.२१,००० नगद र ताम्रपत्रसहित को विशेष पुरस्कार, र ५ जना कलाकारहरुलाई रु.२१,००० नगद  र ताम्रपत्रसहित क्षेत्रीय पुरस्कार गरी कुल ३१ जना कलाकारहरु पुरस्कृत भएका छन् । यसको अलावा नेपाली ललितकला क्षेत्रमा विशेष किसिमको योगदान पु¥याएवापत २ जना वरिष्ठ कलाकारहरु श्री हरिप्रसाद शर्मा र श्री नोर्वु लामालाई ताम्रपत्र र नगद रु. १,००,००० सहित अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान बाट सम्मानित गरिएको छ । नेपाली ललिकलाका बारेमा पत्रपत्रिका र अन्य मिडिया मार्फत प्रचार प्रसार गराएर विशेष योगदान पु¥याउने २ जना पत्रकारहरुलाई ताम्रपत्र र नगद रु. २१,००० सहित ललितकला पत्रकारिता पुरस्कार र विशेष अनुसन्धान गरि कलापुस्कत लेखे वापत् १ जनालाई ताम्रपत्रसहित रु.२१,००० को ललितकला लेखन पुरस्कार प्रदान गरिएकोे छ । सो प्रदर्शनी वैशाखको तेस्रो सातासम्म चल्नेछ ।