नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभागको आयोजना तथा मोतीदेवी स्मृति केन्द्रको सहकार्यमा मिति २०७४ जेष्ठ २८ गते आइतबार शान्ति निकुञ्ज विद्यालय मरुमा
६ दिने हस्तकला प्रशिक्षण कार्यक्रम (कपडामा टाइडाई गर्ने) को उद्घाटन पूर्वमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्नुभयो । सो कार्यक्रमको सभापतित्व नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीले गर्नुभयो । कार्यक्रममा सांसद प्रभा बज्राचार्य, मोतीदेवी स्मृति केन्द्रका कार्यालय सचिव मीना बज्राचार्य, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य मिथिलादेवी यादव तथा चन्दा श्रेष्ठको समेत उपस्थिति थियो । 
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले हातमा सीप भएमा स्वरोजगारीको प्रशस्त सम्भावना भएको र यस्तो कार्यक्रमले महिलाहरुको सीप विकासमा योगदान पु¥याउने बताउनुभयो । कार्यक्रमका सभापति सुषमा राजभण्डारीले महिलाहरुलाई सीप सिकाउने तथा कलात्मक बनाउने कुरामा प्रज्ञा–प्रतिष्ठानको साथ तथा सहयोग रहने बताउनुभयो । सांसद प्रभा बज्राचार्यले प्रशिक्षार्थीहरु अनुशासित भई काम सिकेर आत्मनिर्भर हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक निलम ताम्राकारले प्रशिक्षणले स्थानीय उत्पादनलाई प्रवद्र्धन एवं विक्री गरेर आयआर्जन गरी आर्थिक क्रान्तिलाई सहयोग गर्ने बताउनुभयो । प्राज्ञसभा सदस्य मिथिलादेवी यादवले आफुले सिप सिकेर स्वरोजगार बनी आयआर्जन गर्न सकेको अनुभव सुनाउनुभयो । 
प्रशिक्षण ६ दिनसम्म चल्ने तथा प्रशिक्षणमा १२ जना महिलाहरुको सहभागिता रहने सभापति सुषमा राजभण्डारीले बताउनुभयो । सो प्रशिक्षणले महिलाहरुको सीप र क्षमतालाई उजागर गर्ने विश्वास व्यक्त गरिएको छ ।