हस्तकलाको प्रवर्धन, विकास, विस्तारको लागि हस्तकला अन्तरक्रिया कार्यक्रम नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभागले आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागीहरुले हस्तकला विकासको लागि हस्तकला नीति बनाउनु पर्ने, हस्तकलाको वर्गिकरण गर्नु पर्ने, हस्तकलाका आयातित सामानहरुमा भन्सार शूल्क बढाउनु पर्ने, विदेशी हस्तकलाका उद्योगहरुलाई निरुत्साहित गर्नु पर्ने, आफ्नै देशमा उत्पादित (हस्तकलाका सामाग्रीहरु, लत्ताकपडा, लोक्ता पेपरबाट बनाउन सकिने सामानहरु आदि) को प्रयोग गर्नु पर्ने, राजधानी भन्दा बाहिर पनि यस किसिमका कार्यक्रमहरु आयोजना गर्नु पर्ने, हस्तकला कर्मीहरुको सम्मान गर्नु पर्ने लगायतका ओझपूर्ण सुझाव सल्लाह दिनु भयो ।
कार्यक्रममा हस्तकलाका विभिन्न संघ संस्थाका अध्यक्षहरु, हस्तकलाकारहरु, हस्तकला प्रवद्र्धनमा लागेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।