युवा विद्यार्थी मूर्तिकारहरुको रचनात्मक सीप विकास गर्दै नेपाली मूर्तिकला क्षेत्रलाई अझ समृद्ध गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्धारा आयोजना गरिएको सिर्जनात्मक काष्ठमूर्तिकला प्रशिक्षण कार्यशाला समुद्घाटन समारोहको उद्घाटन प्रमुख अतिथि प्रा.गोविन्द नारायण ज्यापूज्यूले पानसमा दिप प्रज्वलन गरेर गर्नुभएको थियो भने प्रशिक्षण कार्यशालाको उद्घाटन काठमा छिनो र हथौडा प्रयोग गरि समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख श्री लालकाजी लामाज्यूले गर्नुभएको थियो भने विशेष अतिथिमा प्रतिष्ठानका उपकुलपति श्री गोपाल चित्रकारज्यू, सदस्य–सचिव श्री विपिन कुमार घिमिरेज्यू हुनुहुन्थ्यो । यस कार्यशालाको प्रशिक्षक वरिष्ठ मूर्तिकार श्री ताराप्रसाद ओझा हुनुहुन्छ । साथै, कार्यक्रममा अतिथिको रुपमा वरिष्ठ कलाकारहरु श्री नरेन्द्रबहादुर श्रेष्ठज्यू, श्री गोपाल कलाप्रेमीज्यू, श्री भुवन थापा (बहुवी)ज्यू, श्री राजु पिठाकोटेज्यू, श्री प्रथम राज बज्राचार्यज्यू, श्री विष्णु प्रसाद श्रेष्ठज्यू, श्री केशवराज खनालज्यू, श्री एन.वि.गुरुङ्गज्यू उपस्थित हुनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानको प्राज्ञपरिषद् सदस्य श्री रमेश खनालज्यूले व्यक्त गर्नुभएको थियो र विशेष अतिथिज्यूहरुबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।