SEASON
सामूहिक महिला चित्रकला प्रदर्शनी शुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीको सभापतित्वमा प्रदेश नं ३ का सभासद तथा पूर्व उद्योग मन्त्री अष्ट लक्ष्मी शाक्यले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सामूहिक चित्रकला प्रदर्शनीको पानसमा दिप प्रज्वलन गरि पाटनको म्युजिममा उद्घाटन गर्नु भयो ।
उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्य,नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल ललितकलाप्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे,नेपाल ललितकला प्रज्ञा–प्रष्ठिानका पूर्व उपकुलपति शारदा चित्रकार, प्राज्ञ परिषद् सदस्यहरु बुद्धि गुरुङ्ग, मिथिला देवी यादव, लालकाजी लामा, धर्मराज शाक्य, वरिष्ठकलाकारहरु, पत्रकारहरु, विभिन्न गन्य मान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गुरु सम्मान डा. सिमाशाहलाई सम्मानित गरियो ।
उक्त प्रदर्शनीमा ५७ जना महिला कलाकारहरुले बनाएका चित्रहरु सजिएका छन् । जसमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति रागिनी उपाध्याय, निवर्तमान उपकुलपति शारदा चित्रकार, डा सिमा शाह, सुषमा राजभण्डारी, चन्दा श्रेष्ठ, आर्या राजभण्डारी, अनामिका गौतम, भावना मानन्धर, विपना महर्जन, विधाता के.सी, चन्द्रा श्रेष्ठ, डाफु बहोरा, दिना श्रेष्ठ, दिपमाला महर्जन, डलि जैन लालवानी, इन्दु पन्त, जेनि नकर्मी, ज्योती खड्का, कला देवी लिम्बु, कृपा जोशी, कृष्ण माया सुवाल, मनिसा शाह, मिना डंगोल, मेनुका शाही, मिथिला देवी, पलिस्था मानन्धर, प्रमिला बज्राचार्य, प्रमिला परियार, एरिना ताम्राकार, जया शर्मा, पुनम कुमारी दास, रसना बज्राचाय, रञ्जु कुमारी यादव, रिता मानन्धर, रेबिका शाक्य, रेणु यादव, रुवी कर्ण, रेनुका महर्जन, सबिना महर्जन, संगी श्रेष्ठ, सम्झना राजभण्डारी, सबिता डंगोल, सरिता देवी मण्डल, सपना शाह, सपना पौडेल महर्जन, सौरगंगा दर्शनधारी, सुषमा शाक्य, सुशिला सिंह, सुमित्रा राणा, सुषमा श्रेष्ठ, सोनी राई, सुजिता प्रजापति, सुजिता महर्जन, शिला राजभण्डारी लगायतका चित्रहरु प्रदर्शनीमा राखिएका छन् । उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका निवर्तमान उपकुलपति शारदा चित्रकार, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्य, प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यले आ–आफ्नो धारणा राख्नु भएको थियो र सुषमा राजभण्डारीले सभा विर्सजन गर्नु भएको थियो । प्रदर्शनी तीन दिन सम्म पाटनको म्युजियममा राखिने छ ।