२०७६ साल असोज २ गते
संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित सामुहिक चित्रकला तथा मुर्तिकला प्रदर्शनी २०७६ को समुद्घाटन नेपाल सरकार, संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री योगेशकुमार भट्टराईज्यूको प्रमुख आतिथ्यता र प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूको सभापतित्वमा एक भव्य समारोहका विच सम्पन्न भयो । कार्यक्रमको विषेश अतिथिमा नेपाल संगित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री नारायणभक्त श्रेष्ठ(रायन)ज्यू, नेपाल ललितकला प्रज्ञा–प्र्रितष्ठानका उपकुलपति श्री गोपाल चित्रकारज्यू र सदस्य सचिव श्री विपिन घिमिरेज्यू रहनु भएको थियो । समुद्घाटन समारोह सम्पन्न भएलगत्तै प्रमुख अतिथिज्यूले प्रदर्शनीको समेत उद्घाटन गर्नुभएको थियो ।