राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को समुद्घाटन

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौं राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को समुद्घाटन माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलज्यूबाट मिति २०७६ जेष्ठ २ गते विहिबार दिनको ११ः४५ बजे नेपाल कला परिषद् बबरमहलमा भयो । सो अवसरमा कलाकारहरु, कलालेखक र पत्रकार लगायतका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।
नेपाली ललितकला क्षेत्रमा विशेष किसिमको योगदान पु¥याएवापत वरिष्ठ चित्रकार एवं मूर्तिकार श्री चिनी काजी ताम्राकार र वरिष्ठ चित्रकार श्री रतन कुमार राईलाई ताम्रपत्र र नगद रु. १,००,००० (एक लाख) सहित अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान बाट सम्मानित गरिएको थियो । प्रदर्शनीमा सहभागीहरु मध्येबाट विभिन्न ७ वटा विधाका १÷१ जना गरि कुल ७ जना कलाकारहरुलाई रु. ६०,०००(साठी हजार) र ताम्रपत्रसहित राष्ट्रिय ललितकला पुरस्कार, १७ जना कलाकारहरु रु.२५,०००(पच्चीस हजार) नगद र ताम्रपत्रसहित को विशेष पुरस्कार, र ७ जनालाई रु.२५,०००(पच्चीस हजार) नगद र ताम्रपत्रसहितको प्रदेश विशेष पुरस्कार । साथै, नेपाली ललिकलाको बारेमा पत्रपत्रिका र अन्य मिडिया मार्फत प्रचार प्रसार गराएर विशेष योगदान पु¥याउने श्री श्याम रिमाललाई ताम्रपत्र र नगद रु. २५,००० सहित ललितकला पत्रकारिता पुरस्कार र विशेष अनुसन्धान गरि कला पुस्तक लेखे वापत् वरिष्ठ कलाकार एवं कला लेखक श्री मदन चित्रकारलाई ताम्रपत्रसहित रु.२५,००० को ललितकला लेखन पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै माननीय मन्त्रीज्यूले कला देशको अमूल्य सम्पत्ति भएको र त्यसको संरक्षण तथा प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउँदै प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरेकोमा सो कार्यको प्रशंसा समेत गर्नुभयो । साथै, ललितकला क्षेत्रको विकासमा मन्त्रालयको तर्फबाट सम्पूर्ण कलाकारहरुको हक हित को संरक्षण गर्ने कार्यमा सहयोग गरि ललितकला क्षेत्रलाई सहयोग गर्न आफु सदैव तयार रहेको र नेपाल सरकार समक्ष प्रतिष्ठानको सम्पूर्ण समस्याहरुको समाधानको लागी आवश्यक पहल गर्ने प्रतिबदधता समेत व्यक्त गर्नु भयो ।
यो प्रदर्शनीमा आधुनिक चित्रकला, परम्परागत चित्रकला, आधुनिक मूर्तिकला, परम्परागत मूर्तिकला, हस्तकला, लोककला, वास्तकला तथा अन्य सृजनात्मक कला विधामा सबै गरेर ४६७ जना कलाकारहरुको ५२९ वटा कलाकृतिहरुको साथै वरिष्ठ कलाकारहरुको अप्रतियोगि कलाकृतिहरु समेत प्रदर्शित गरिएका छन् । देशका सवै प्रदेशहरुबाट कलाकारहरुले यस प्रदर्शनीमा सहभागिता जनाएका छन् । प्रदर्शनी यही जेष्ठ २१ गतेसम्म चल्नेछ ।