नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७४ को समुद्घाटन माननीय उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठज्यूबाट मिति २०७४ असार ५ गते सोमबार दिनको ११ः४५ बजे नेपाल कला परिषद् बबरमहलमा भयो । सो अवसरमा कलाकारहरु, कलालेखक र पत्रकार गरी कुल ३५ जना व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।
नेपाली ललितकला क्षेत्रमा विशेष किसिमको योगदान पु¥याएवापत २ जना वरिष्ठ कलाकारहरुलाई ताम्रपत्र र नगद रु. १,००,०००/-सहित अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान बाट सम्मानित गरिएको थियो । प्रदर्शनीमा सहभागीहरु मध्येबाट विभिन्न ७ वटा विधाका १/१ जना गरि कुल ७ जना कलाकारहरुलाई रु. ६०,०००/-र ताम्रपत्रसहित राष्ट्रिय ललितकला पुरस्कार, १७ जना कलाकारहरु रु.२५,०००/-नगद र ताम्रपत्रसहित को विशेष पुरस्कार, र ७ जनालाई प्रदेश विशेष पुरस्कार गरी कुल ३१ वटा कलाकारहरु पुरस्कृत भएका थिए । यसको अलावा नेपाली ललिकलाका बारेमा पत्रपत्रिका र अन्य मिडिया मार्फत प्रचार प्रसार गराएर विशेष योगदान पुरयाउने १ जना पत्रकारहरुलाई ताम्रपत्र र नगद रु. २५,०००/-सहित सञ्चार माध्यमबाट ललितकला पत्रकारिता पुरस्कार र विशेष अनुसन्धान गरि कला पुस्तक लेखे वापत् १ जनालाई ताम्रपत्रसहित रु.२५,०००/- को ललितकला लेखन पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै उपप्रधान तथा शिक्षमन्त्री गोपालमान श्रेष्ठले कला देशको अमूल्य गहना भएको र त्यसको संरक्षण तथा प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउँदै प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरेकोमा सो कार्यको प्रशंसा समेत गर्नुभयो । कार्यक्रमका सभापति एवं प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले ललितकला विषयलाई माध्यमिक तहमा अनिवार्य विषयको रुपमा राख्नुपर्नेमा जोड दिनुभयो । साथै विगतमा सरकारबाट ललितकला संस्थाको नाममा रहेको जग्गा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिने निर्णय त्रुटीपूर्ण रहेकोले सो निर्णय सच्चाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले स्वागत मन्तव्य व्यक्त गनुभयो । प्रतिष्ठानका सदस्य सचिव नवराज भट्टले राष्ट्रिय ललितकला प्रदर्शनी–२०७४ को बारेमा प्रकाश पार्दै प्रदर्शनीले नेपाली ललितकलाको संरक्षण सम्बद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो साथै उर्जावान् र सृजनशील कलाकारहरुलाई अझ अगाडी बढ्न हौसला प्रदान गर्ने र आफ्नो अमूल्य जीवन नेपाली ललितकलाको लागि अर्पण गर्ने स्रष्टाहरुप्रति केही भएपनि सम्मान हुने विश्वास व्यक्त गर्नुभयो ।
यो प्रदर्शनीमा आधुनिक चित्रकला, परम्परागत चित्रकला, आधुनिक मूर्तिकला, परम्परागत मूर्तिकला, हस्तकला, लोककला, वास्तकला तथा अन्य सृजनात्मक कला विधामा सबै गरेर ४२६ जना कलाकारका ४५८ वटा कलाकृतिहरु प्रदर्शित गरिएका छन् । देशका सवै प्रदेशहरुबाट कलाकारहरुले यस प्रदर्शनीमा सहभागिता जनाएका छन् । विधाका हिसावले आधुनिक चित्रकलामा १९३ वटा परम्परागत चित्रकलामा ४६ वटा आधुनिक मूर्तिकलामा ४३ वटा परम्परागत मूर्तिकलामा ३८ वटा हस्तकलामा ४३ वटा लोककलामा ३९ फोटोग्राफीमा २३ वटा, प्रतिस्थापन कलामा ८ वटा कार्टुनमा १३ वटा, सर्ट भिडियो आर्टमा २ भावभंगिमा कलमा ३ वटा पोष्टरकला २ र अन्यमा ३ वटा तथा प्रदेशगत रुपमा प्रदेश नं १ बाट ४५ प्रदेश नं २ बाट ४९ प्रदेश नंं ३ बाट २७३ प्रदेश नंं ४ बाट ३७ प्रदेश नंं ५ बाट २६ प्रदेश नंं ६ बाट ४ र प्रदेश नंं ७ बाट ४ वटा कलाकृतिहरु छनौट भएका छन् । प्रदर्शनी २ हप्तासम्म चल्न प्रतिष्ठानका सदस्य सचिव नवराज भट्टले बताउनुभयो ।

पुरस्कृतहरुको विवरण निम्नानुसार छ ।
दुर्गा वराल–अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान
रविन्द्र ज्यापू–अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान
कृष्ण लामा–राष्ट्रिय ललितकला पुरस्कार
समुन्द्रमान सिंह श्रेष्ठ–राष्ट्रिय ललितकला पुरस्कार
सुनिता राणा –राष्ट्रिय ललितकला पुरस्कार
दिलन महर्जन–राष्ट्रिय ललितकला पुरस्कार
दिल्लीराज शाक्य –राष्ट्रिय ललितकला पुरस्कार
कमला सुतिहार–राष्ट्रिय ललितकला पुरस्कार
रविन्द्र मानन्धर–राष्ट्रिय ललितकला पुरस्कार
सरोजा खड्गी–विशेष पुरस्कार
सविता डंगोल–विशेष पुरस्कार
देवेन्द्र गुरुङ–विशेष पुरस्कार
विनम्र डंगोल महर्जन–विशेष पुरस्कार
राजकुमार राना मगर–विशेष पुरस्कार
हिम्मत नेम्वाङ –विशेष पुरस्कार
विशाल सारु मगर–विशेष पुरस्कार
कृष्ण गोपाल गारु –विशेष पुरस्कार
रमेश शाक्य–विशेष पुरस्कार
सुनिल ब्यान्जु –विशेष पुरस्कार
इन्द्रप्रसाद शिल्पकार–विशेष पुरस्कार
रेमनी मण्डल–विशेष पुरस्कार
सुवैना ठाकुर –विशेष पुरस्कार
झविन्द्र गुरुङ–विशेष पुरस्कार
हरि महर्जन –विशेष पुरस्कार
कञ्चन तामाङ –विशेष पुरस्कार
विजेन्द्र श्रेष्ठ –विशेष पुरस्कार
माधवी कर्ण–प्रादेशिक विशेष पुरस्कार
सन्तोष यादव–प्रादेशिक विशेष पुरस्कार
रजनी सिंख्वाल–प्रादेशिक विशेष पुरस्कार
थमन सिंह –प्रादेशिक विशेष पुरस्कार
मन गोल्डी–प्रादेशिक विशेष पुरस्कार
सागर शाह –प्रादेशिक विशेष पुरस्कार
राजकुमार महर्जन–प्रादेशिक विशेष पुरस्कार
डा. यामप्रसाद शर्मा –ललितकला लेखन पुरस्कार
डम्बर बहादुर बुढाथोकी (डब्बु क्षेत्री)–ललितकला पत्रकारिता पुरस्कार