नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोक कला विभागले प्रदेश नं २ सप्तरीमा लोककला कार्यशाला, विचार विमर्श, अन्र्तक्रिया तथा लोककला प्रदर्शनी मिति २०७५ माघ २२ दखि २६ गतेसम्म आयोजना गरिएको थियो । उक्त कला कार्यशालामा १५ वर्षदेखि ७५ वर्ष उमेर समुहका २० जना कलाकारहरुको सहभागीता रहेको थियो । लोपोन्मुख सिमान्तकृत लोककलाको उत्थानको लागि आयोजना गरिएको उक्त कार्यक्रम सफलता पूर्वक सुसम्पन्न भयो ।