इष्ट इन्डिया कम्पनीका फौजलाई बि० सं० १८२४ असोज १५ गते सिन्धुलीगढीमा गोर्खालीले परास्त गरेको दिनको सम्झनामा नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठान, चित्रकला विभागले सिन्धुलीगढीमा आयोजित सिन्धुलीगढी कला शिविर अन्तर्गतको चित्रकला कार्यशाला र गोष्ठी सुरू भएको छ । उद्घाटनको क्रममा प्रदेश सभा सदस्य माननीय बिनोद कुमार खड्काले क्यान्भासमा चित्र बनाएर शिविरको उद्घाटन गर्नुभयो र क्रमसँगै ने।क।पा। का केन्दिय सदस्य कमल जंग राई र जरावट्टा कलाकार बिश्वम्भर लामिछानेले पनि क्यान्भासमा चित्र बनाउनु भयो ।असोज १३ गतेदेखि १७ गतेसम्म आयोजित शिविरमा नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्रज्ञा सुषमा राजभण्डारीले प्रमुख अतिथि र अतिथिहरूलाई प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशन गरिएका पुस्तक र क्यट्लग उपहार प्रदान गर्नुभयो । प्राज्ञ राजभण्डारीले कलाकारलाई क्यानभास, रंग प्रदान गर्नुभएको छ । कला शिविरमा प्राज्ञ राजभण्डारीले पनि चित्र बनाउनु भएको छ । कला शिविरमा सुदर्शन विक्रम राणा, सुनिता राणा, अश्रुराम खाइजू, सुरेम देशार, अनिल खड्का, संजु थापा मगर, सुदिप बिशंखेको सहभागिता रहेको छ । कार्यक्रममा जरावट्टा कलाकार बिश्वम्भर लामिछानेको पनि उपस्थिति रहेको थियो ।