नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ एवं हस्तकला डिजाईन तथा विकास केन्द्रको संयुक्त आयोजनामा संचालित ६ दिने काष्ठकला वस्तुमा एबतष्लब गर्ने प्रशिक्षण समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम आज नेपाल हस्तकला महासंघको कार्यालयमा सम्पन्न भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री रागिनी उपाध्यायको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको सभापतित्व नेपाल हस्तकला महासंघका कार्य बाहक अध्यक्ष श्री किरणकुमार डंगोलले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्री रागिनी उपाध्याय नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं हस्तकला विभागकी प्रमुख श्री सुषमा राजभण्डारी र नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं हस्तकला डिजाईन तथा विकास केन्द्रका सभापति श्री सुनील चित्रकार लगायतका व्यक्तिहरुले आ(आफ्नो धारणा राख्नु भएको थियो । 
यस प्रशिक्षणबाट काष्ठकला विधामा विभिन्न रङ्गमा वस्तु उत्पादन भई वस्तुको आकर्षण बढ्न गई वस्तु अधिकतम् मुूल्यमा बिक्री वितरण गर्न सकिन्छ । यस प्रशिक्षणमा जम्मा १० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।