नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को आयोजना तथा फोकस एड नेपालको सहकार्यमा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्यमा् उपत्यका व्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगिता दुई चरणमा आयोजना गरिएको थियो । विद्यार्थी सहभागीहरुलाई दुई वर्गमा विभाजन गरिएको थियो । चित्रकला प्रतियोगिता समूह क कक्षा ४–६ लागि म र मेरो विद्यालय शीर्षक र समूह ख कक्षा ७–९ सम्म लागि हाम्रो संस्कृति, हाम्रो सम्पदा शीर्षक दिइएको थियो । प्रथम चरण प्रतियोगिता ललितपुर, भक्तपुर र काठमाडौ जिल्लामा आयोजना गरिएको थियो ।