नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा आयोजित अरनिको प्रतिमा शिलान्यास कार्यक्रम प्रतिष्ठानको कुलपति श्री के.के कर्माचार्यज्यूको सभापतित्व तथा वरिष्ठ संस्कृति विद् शताब्दी पुरुष श्री सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमको विशेष अतिथिको रुपमा संस्थापक कुलपति श्री किरण मानन्धर र निवर्तमान कुलपति श्री रागिनी उपाध्यायज्यू हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य–सचिव श्री विपिनकुमार घिमिरेज्यूले व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा संस्थापक कुलपति किरण मानन्धर र उपकुलपति गोपाल चित्रकारज्यूले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै, प्राज्ञ परिषद् सदस्य एवं प्रतिमा निर्माण कार्यका संयोजक श्री लालकाजी लामाज्यूले पनि आफ्नो मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा श्री ठाकुर प्रसाद मैनाली, श्री शारदा चित्रकार, श्री गोविन्द नारायण ज्यापू, श्री शंकरनाथ रिमाल, श्री भद्रकुमारी घले, श्री विजय थापा, श्री विरेन्द्र प्रताप सिंह, श्री शशी विक्रम शाह, श्री मुकेश मल्ल, श्री आइ. वि. मल्ल लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।